मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

पुस मसान्तभित्र ४० प्रतिशत कर दाखिला गर्न आन्तरिक राजस्व विभागले जारी गर्‍यो सूचना

शुक्रबार, पुस २६ २०८१
पुस मसान्तभित्र ४० प्रतिशत कर दाखिला गर्न आन्तरिक राजस्व विभागले जारी गर्‍यो सूचना

काठमाडौं- आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तभित्रको पहिलो किस्ताबापतको ४० प्रतिशत कर तिर्न सूचना जारी गरेको छ।

आयकर ऐन २०५८ को दफा ९४ ले पुस मसान्तमा कुल अनुमानित करको ४० प्रतिशत बुझाउनुपर्ने व्यवस्था गरेको छ। उक्त व्यवस्थाअन्तर्गत रहेर विभागले राजस्व तिर्नका लागि सम्पूर्ण करदातालाई आग्रह गरेको हो। 

आयकरको दफा ९४ ले कुल अनुमानित करको ७० प्रतिशत चैत मसान्तसम्ममा र असार मसान्तसम्ममा शतप्रतिशत कर तिर्नुपर्ने व्यवस्था गरेको छ।

रोजगारी, व्यवसाय र लगानीबाट भएको आम्दानीमा करयोग्य आय निर्धारण गरी कर बुझाउन विभागले आव्हान गरेको हो। 

पहिलो किस्ताबापतको कर पुस मसान्तभित्र ठूला करदाताको कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र आन्तरिक राजस्व कार्यलयमा गएर कर दाखिला गर्न विभागले आग्रह गरेको छ। 

सरकारले चालु आर्थिक वर्ष १२ खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। जसमा आन्तरिक राजस्व र भन्सार राजस्व रहेका छन्। आन्तरिक राजस्व विभागले आन्तरिकतर्फ राजस्व भुक्तानीका लागि सूचना जारी गरेको हो। 

आन्तरिक राजस्व विभागले आयकर, पुँजीगत लाभ कर, घरवहाल कर, आन्तरिक तर्फको मूल्य अभिबृद्धि कर र अन्त:शुल्क, शिक्षा करलगायतका करहरु उठाउने गर्दछ। 


प्रकाशित : शुक्रबार, पुस २६ २०८११२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend