शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

इन्भेष्टमेन्ट बैंकसँग मर्ज भाँडेको हिमालयनको नाफामा वृद्धि, तीन बैंकलाई मर्जरको प्रस्ताव

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ १२ २०७८
images
इन्भेष्टमेन्ट बैंकसँग मर्ज भाँडेको हिमालयनको नाफामा वृद्धि,  तीन बैंकलाई मर्जरको  प्रस्ताव
images
images

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज भाँडेको हिमालयन बैंकले खुद नाफा बढाएको छ। बुधबार पुस मसान्तसम्मकोे वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले नाफा ६५ करोड ३२ लाखबाट ७४ करोड ३४ लाख रूपैयाँ भएको जनाएको छ।

images
images
images

इन्भेष्टमेन्ट बैंकसँग मर्ज भाँडिएपछि सिभिल, सेञ्चुरी र माछापुछ्रे बैंकसँग मर्जका लागि छलफल गरिरहेको बैंकको सूचकहरुमा सुधार देखिएको छ। 

images
images

बैंकले खुद ब्याज आम्दानीमा पनि सुधार गरेको छ। बैंकले १ अर्ब ७५ करोड रूपैयाँको खुद ब्याज आम्दानीलाई १ अर्ब ९१ करोड रूपैयाँ पुर्याएको हो।

images
images

बैंकको स्प्रेड दर घटेको बाबजुत पनि आम्दानीमा सुधार देखिएको छ। पोहोर पुसमा बैंकको स्प्रेड ३.७६ प्रतिशत थियो। अहिले घटेर यो २.२७ प्रतिशतमा आईसकेको छ।  बैंकको आधार दर बढेको छ। 

६.८३ प्रतिशतको आधार दर ८.७५ प्रतिशतमा उक्लिएको छ। बैंकको ऋण लगानी १२६ अर्बबाट बढेर १५० अर्ब नाघेको छ। निक्षेप पनि १४१ अर्बबाट बढेर १६५ अर्ब रूपैयाँ पुगेको छ।


प्रकाशित : बुधबार, माघ १२ २०७८०३:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend