बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

बीवाईडी टाइटल स्पोन्सर भएको विराट एक्स्पोमा अन्य विद्युतीय ब्रान्डलाई प्रवेश रोक

images
बिहीबार , पुस २५ २०८१
images
images
बीवाईडी टाइटल स्पोन्सर भएको विराट एक्स्पोमा अन्य विद्युतीय ब्रान्डलाई प्रवेश रोक

मुख्य प्रायोजकको दबाबमा उक्त एक्स्पोमा अन्य विद्युतीय कार बिक्री गर्ने ब्रान्डलाई प्रवेशमै प्रतिबन्ध लगाइएको छ। यो खुला बजार अर्थतन्त्र र प्रतिस्पर्धी बजारको खिलाफमा छ।

images
images

काठमाडौं- विराटनगरमा आगामी माघ ११ गतेदेखि विराट एक्स्पो आयोजना हुँदैछ। ‘बीवाईडी विराट एक्स्पो २०२५’ नाम राखिएको एक्स्पोमा मुख्य प्रायोजक विद्युतीय सवारी ब्रान्ड बीवाईडी रहेको छ।

images
images
images

मुख्य प्रायोजकको नामलाई प्राथमिकता दिनु स्वभाविक हो। तर यहाँ मुख्य प्रायोजकको दबाबमा उक्त एक्स्पोमा अन्य विद्युतीय कार बिक्री गर्ने ब्रान्डलाई प्रवेशमै प्रतिबन्ध लगाइएको छ। यो खुला बजार अर्थतन्त्र र प्रतिस्पर्धी बजारको खिलाफमा छ। 

images
images

कुनै पनि कार्याक्रममा प्रायोजन गर्ने कम्पनी वा संस्थालाई उच्च प्राथमिकता दिने गरिन्छ र लगानीका आधारमा उसलाई रोजेको ठाउँमा स्टल राख्न दिने गरिएको छ। तर विराट एक्स्पोमा मुख्य प्रायोजकसँगको मिलेमतोमा आयोजकले नै संस्थागत रुपमै अन्य कम्पनीलाई प्रवेश रोक लगाउनु अनौठो विषय हो। 

images
images
images

मोरङ अटोमोबाइल डिलर एशोसिएसनले आफ्नो लेटरहेडमा 'बीवाईडी विराट एक्स्पो २०२५' मा ईभी प्यासेन्जर भेहिकल बाहेकका सवारीसाधनलाई मात्र प्रवेश दिइने व्यहोरोको पत्र आयोजकलाई पठाएको छ।

पत्रमा भनिएको छ, 'उपरोक्त सम्बन्धमा उद्योग संगठन मोरङले यही २०८१ माघ ११ गतेदेखि २० गतेसम्म विराटनगरमा भव्य रुपमा आयोजना हुने बीवाईडी विराट एक्स्पो २०२५ मा यस एशोसिएसनको समेत सहकार्य रहेको हुँदा ईभी प्यासेन्जर भेहिकल बाहेकका नेपालमा आयात तथा म्यानुफ्याक्चर हुने दुई चक्के र चार चक्के सवारीसाधन, लुब्रिकेन्ट, सवारीसाधनका पार्टपुर्जालगायत अटोमोबाइल्ससँग सम्बन्धित वस्तुहरूलाई बिक्री वितरण तथा बजार प्रबर्द्धन गर्ने उपयुक्त माध्यम रहने हुँदा एक्स्पोमा स्टल राखी एक्स्पोलाई भव्यरुपमा सफल बनाउनका लागि हार्दिक अनुरोध गर्दछु।’ 

morangauto.jpg

आयोजकले नै यसरी विद्युतीय कार बिक्रेता कम्पनीहरूलाई एक्स्पोमा सहभागी हुनबाटै रोकेको छ। मुख्य प्रायोजकको दबाबमा प्रतिस्पर्धी कम्पनीहरूलाई एक्स्पोमै सहभागी हुनबाट रोक लगाउनु सरासर सिन्डिकेट हो। 

यसबारेमा सवारी व्यवसायीहरूले आश्चर्य व्यक्त गरेका छन्। 'संस्थागत रुपमै प्रतिस्पर्धालाई रोक लगाएर गरिएको एक्स्पो सायद पहिलोपटक होला' एक अटोमोबाइल व्यवसायीले बताए।

यसरी एउटामात्र कम्पनी (प्रायोजक) बाहेकका विद्युतीय कार ब्रान्डलाई प्रवेशमा रोक लगाउन मिल्छ? भनी प्रश्न गर्दा मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले पत्रका सम्बन्धमा आजै आयोजकसँग छलफल हुन लागेको बताए। 

‘हामीले एक्स्पो सञ्चालकलाई सम्बोधन गरेर लेखेको पत्रले अन्य ब्रान्डलाई आउन रोक लगाएको विषयमा धेरैतिरबाट जिज्ञासा आएको छ,’ श्रेष्ठले भने, ‘व्यवसायी साथीहरूले यसबारेमा चासो राख्नु भएकाले हामी आयोजकसँग छलफल गरेर उपयुक्त निर्णय लिन्छौँ।’ 


प्रकाशित : बिहीबार , पुस २५ २०८११६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend