बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

पूर्वपश्चिम राजमार्गको निरीक्षणमा पूर्वाधारमन्त्री दाहाल, विस्तारका कामलाई तीव्रता दिन निर्देशन

images
बिहीबार , पुस २५ २०८१
images
images
पूर्वपश्चिम राजमार्गको निरीक्षणमा पूर्वाधारमन्त्री दाहाल, विस्तारका कामलाई तीव्रता दिन निर्देशन

विद्युतका पोल तथा तार नसार्दा राजमार्ग विस्तारमा ढिलाइ हुन नदिन केन्द्रीकृत ठेक्काको साटो आवश्यक परेका ठाउँमा तुरुन्तै हटाउन र सार्न सकिने प्रबन्ध गर्नुपर्नेमा पूर्वाधारमन्त्री देवेन्द्र दाहालको जोड छ।

images
images

झाापा- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक किनाराका विद्युतका पोलका कारण राजमार्ग विस्तारमा ढिलाइ मान्य नहुने बताएका छन्।

images
images
images

पूर्वपश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वी खण्डको निरीक्षणका क्रममा उनले सरकारी निकायबीच समन्वय र सहयोगको अभावले निर्माण कार्य रोकिन नहुने बताएका हुन्। बिहीबार झापा र मोरङका विभिन्न खण्डमा जारी राजमार्ग विस्तार कार्यको निरीक्षण गर्दै उनले विकास निर्माण कार्यको सवाल कुनै एक मन्त्रालय वा कार्यालयको मात्र नभएकाले सबै निकायहरु बीचमा दर्बिलो समन्वय आवश्यक रहेकोमा उनले जोड दिए।

images
images

‘कतिपय ठाउँमा रुख कटानको समस्याले राजमार्ग विस्तार कार्य रोकिन पुगेको थियो तर त्यसलाई एक हदसम्म हामीले समाधान गरेका छौँ’, मन्त्री दाहालले भने, ‘वन संरक्षण एवम् विद्युत, खानेपानी तथा सडक विस्तार कुनै एक कार्यालय वा निकायको मात्र विषय होइन हामी सबैको साझा सरोकारका विषय हुन्।’

images
images
images

विद्युतका पोल तथा तार नसार्दा राजमार्ग विस्तारमा ढिलाइ हुन नदिन केन्द्रीकृत ठेक्काको साटो आवश्यक परेका ठाउँमा तुरुन्तै हटाउन र सार्न सकिने प्रबन्ध गर्नुपर्नेमा उनको जोड छ। सडक विभाग एवम् परियोजना निर्देशकहरुलाई उनको निर्देशन छ, ‘पूर्वपश्चिम राजमार्ग विस्तारमा मात्र होइन अन्य सडक निर्माण र विस्तारका क्षेत्रमा पनि विद्युतका पोल नसारिँदा काममा ढिलाइ हुनुभएन, तपाईँहरु पहल गर्नुस्, आवश्यक परेमा मन्त्रालयले समन्वय गर्नेछ।’

पूर्वपश्चिम राजमार्ग विस्तार कार्य सरकारको उच्च प्राथमिकताको आयोजना भएको उल्लेख गर्दै उनले यसलाई तीव्र र चुस्त बनाउन सडक विभागलाई निर्देशनसमेत दिए।

यस राजमार्गले नेपाललाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले नेपालको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुर्‍याउने मन्त्री दाहालले विश्वास व्यक्त गरेका छन्। मन्त्री दाहालले बिहीबार झापाको पाडाजुङ्गीदेखि दमक हुँदै मोरङको उर्लाबारी, पथरी, कानेपोखरी तथा बिराटचोक क्षेत्रमा भइरहेको सडक विस्तार कार्यको निरीक्षण गरेका हुन्। 


प्रकाशित : बिहीबार , पुस २५ २०८११६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend