मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सिटिजन्स बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा दिने

शुक्रबार, पुस २६ २०८१
सिटिजन्स बैंकले ७.९९ प्रतिशत स्थिर ब्याजदरमा घरकर्जा दिने

सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत आवास निर्माणका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने भएको छ। ७.९९ प्रतिशत ब्याजदरको कर्जा भुक्तानी अवधि बैंकले ७ वर्ष तोकेको छ।

काठमाडौं- सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत आवास निर्माणका लागि ७.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने भएको छ। ७.९९ प्रतिशत ब्याजदरको कर्जा भुक्तानी अवधि बैंकले ७ वर्ष तोकेको छ।

७ वर्ष अवधिसम्म यस्तो कर्जाको ब्याजदर बढ्ने छैन। तर ७ वर्षभन्दा बढी अवधिका लागि घर कर्जा लिनुपर्न भएमा बैंकले प्रचलित आधार दर (बेसरेट) मा १ प्रतिशतमात्रै प्रिमियम थप गर्ने जनाएको छ। 

राष्ट्र बैंकले तोकेको सीमा २ करोडसम्म बैंकले यस शीर्षकमा कर्जा दिने जनाएको छ। २ करोडसम्मको घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण र अन्य बैंकमा रहेको आवासीय कर्जा स्थानान्तरणको सुविधा दिने बैंकले जनाएको छ। 

बैंकले अधिकतम अवधि २५ वर्षसम्मका लागि आवासीय कर्जा दिने बताएको छ। ऋणीको सुविधाअनुसार बैंकले कर्जाको साँवा ब्याज भुक्तानीको सुविधासमेत दिने जनाएको छ।

बैंकले जग्गा खरिदका लागि पनि कर्जा दिने बताएको छ। तर घर निर्माण प्रयोजनका लागिमात्रै जग्गा खरिद गर्दाको ऋण ब्याजदर केही महँगो हुने बैंकको भनाइ छ।

बैंकले यस्तो कर्जा प्रवाह गर्दा कुल कर्जा रकमको ०.७५ प्रतिशत सेवाशुल्क लिने छ। जसभित्र सीआईसी शुल्क, धितो मूल्यांकन शुल्क, धितो बन्धक शुल्कलगायतका शुल्कहरू समावेश हुने बैंकले जनाएको छ।

यस्तो कर्जा लिनका लागि नागरिकताको प्रतिलिपी, प्यान कार्ड, विवाह दर्ता, जग्गाको धनीपुर्जा, मालपोत तिरेको रसिद, नक्सा पास, निर्माण सम्पन्न इजाजतपत्र लगायतका कागजात आवश्यक पर्ने बैंकले जनाएको छ।

यस्तै आम्दानीतर्फ घरकर्जा लिनका लागि सम्बन्धित संस्थाले दिएको तलबको विवरण/भाडा आम्दानी, लेखापरीक्षण भएको व्यावसायिक आम्दानी तथा कर चुक्ता प्रमाणपत्रलगायतका कागजात आवश्यक पर्ने बैंकले जनाएको छ। बैंकले आफ्नो देशैभरी रहेको १९७ शाखाबाट यस्तो कर्जा उपलब्ध गराउने जनाएको छ।


प्रकाशित : शुक्रबार, पुस २६ २०८१०७:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend