बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

कोलुबुङ रमिते गौडा झोलुंगे पुल बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज

images
बिहीबार , पुस २५ २०८१
images
images
कोलुबुङ रमिते गौडा झोलुंगे पुल बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
फाइल तस्बिर

संघीय सरकारको पाँच करोड ९८ लाख सातसय ६१ रूपैयाँको लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ।

images
images

झापा- बुद्धशान्ति गाउँपालिका-६ टिमाई नदीमा ‘कोलुबुङ रमिते गौडा झोलुंगे पुल’ बनेको छ। बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने उक्त पुल ४ सय ७७ मिटर लामो छ।

images
images
images

संघीय सरकारको पाँच करोड ९८ लाख सातसय ६१ रूपैयाँको लागतमा बनेको सो पुल कोशी प्रदेशमा निर्मित सबैभन्दा पुलहरु मध्ये सबैभन्दा लामो रहेको बताइएको छ।

images
images

पाँच महिनामै निर्माण सम्पन्न भएको उक्त पुलको शिलान्यास नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश महामन्त्री शर्माले विसं २०८१ असार २४ मा गरेका थिए। उनले पुलको आज यहाँ शुभारम्भ गर्दै बुद्धशान्तिको वडा नं ६ र ७ का बासिन्दा मात्र नभएर इलामको कृषि उत्पादन झापामा ल्याएर बिक्री गर्न समेत पुलको निर्माणले सहज भएको बताए।

images
images
images

सो अवसरमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले पुल रहेको स्थान आकर्षक भौगोलिक बनावटका कारण रमणीय भएकाले नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको जनाउँदै दैनिक पाँच सयभन्दा बढी पर्यटक आउन थालेको बताए।

पुलमा घुइँचो बढेपछि पालिकाले नगरप्रहरी परिचालन गरेर पुलमा ओहोरदोहोर गर्ने यात्रुको व्यवस्थान गरिरहेको छ। उक्त पुलको भारवहन क्षमता ९० मेट्रिकटन र एकपटकमा ६ सय ४७ जना पदयात्रीको भार पुलले थेग्ने क्षमता रहेको जनाइएको छ।

पुलको रहेको सथन वरपर धारागोला भ्यूटावर, जरेबर, ठुटेबर, गौडालगायतका पर्यटकीय स्थल रहेका कारण पुलमा आउने पर्यटक बढेको हो। रासस


प्रकाशित : बिहीबार , पुस २५ २०८११५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend