मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार बढिरहेको सेयर बजार पुन: ओरालोतिर, आउने साता के होला?

बिहीबार , पुस २५ २०८१
लगातार बढिरहेको सेयर बजार पुन: ओरालोतिर, आउने साता के होला?

काठमाडौं- लगातार ६ दिनको कारोबारमा हरियाली देखिएको सेयर बजार पुन: ओरालोतिर लागेको छ। ६ दिनमा समग्रमा ७६.७१ अंकले बढेको बजार यो साताको अन्तिम कारोबारमा बिहीबार घटेको हो।

बिहीबार १८.१४ अंकले घटेर बजार २६३५.०९ बिन्दुमा झरेको छ। ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको कारोबार भएको बजारमा ५५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १८० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यसअघि बजार गएको साताको अन्तिम दुई दिनको कारोबारदेखि लगातार बढिरहेको थियो। यो साता पहिलो कारोबारमा आइतबार ५.३२ अंकले बढेको बजार सोमबार ४९.१२ अंकले बढेको थियो। मंगलबार ६.१६ अंकले बढेको बजार बुधबार ६.३८ अंकले बढेको थियो।  गएको साता पनि बुधबार ५.१० अंक र बिहीबार ४.६३ अंकले बजार बढेको थियो।  

उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लामो समयपछि निरन्तर वृद्धि देखिएको थियो। साताको अन्तिम कारोबारमा उक्त वृद्धि रोकिए पनि आउने सातादेखि बजारले उचाइकै लय समात्ने लगानीकर्ताको अपेक्षा रहेको छ। बजार वृद्धितर्फ बढ्न सबै सूचकले साथ दिएको विश्लेषकहरूले बताइरहेका छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पुन: वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ। अपेक्षाकृत उचाइतर्फ लाग्न नसकेको बजार अब लयमा फर्कने विश्वासमा लगानीकर्ता देखिन्छन्। 


प्रकाशित : बिहीबार , पुस २५ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend