सुर्खेत- कर्णाली प्रदेश सरकारले भूकम्पबाट क्षति भएका विद्यालय तथा स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने भएको छ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोट र रुकुम पश्चिमका ती सरकारी संरचना पुनर्निर्माण गर्न हो। मन्त्रालयका अनुसार रुकुम पश्चिमको २७ विद्यालय र पाँच स्वास्थ्य संस्था पुनर्निर्माण गर्न लागिएको हो।
विद्यालय भवनका लागि १९ करोड ६० लाख रूपैयाँ र पाँच स्वास्थ्य संस्था पुन निर्माणका लागि दुई करोड ४० लाख रूपैयाँ स्वीकृत भएर आएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। रासस