बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

हुन्डाई मोटर ग्रुपले यो वर्ष कोरियामा १६.७ अर्ब डलर लगानी गर्ने

images
शुक्रबार, पुस २६ २०८१
images
images
हुन्डाई मोटर ग्रुपले यो वर्ष कोरियामा १६.७ अर्ब डलर लगानी गर्ने

हुन्डाई मोटर र कियाको संयुक्त बिक्री संख्या २०२५ मा ७३ लाख ९० हजार सवारी बिक्री गर्ने लक्ष्य ग्रुपले लिएको छ। यो २०२४ को तुलनामा २ प्रतिशत बढीय हुनेछ।

images
images

काठमाडौं- दक्षिण काृेरियाली सवारी उत्पादक हुन्डाई मोटर ग्रुपले २०२५ मा १६ अर्ब ६५ करोड अमेरिकी डलर लगानी गर्ने भएको छ। हुन्डाईले कोरियामै हुने लगानी १९ प्रतिशतले विस्तार गर्ने बताएको हो। 

images
images
images

राजनीतिक अस्थिरताकाबीच हुन्डाई मोटर ग्रुपले कोरियामै ठूलो लगानी विस्तार गर्ने बताएको छ। यो लगानीले हुन्डाईसँगै कोरियाली आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अनुमान गरिएको छ। 

images
images

हुन्डाई मोटर र किया कर्पको माउ कम्पनी हुन्डाई मोटर ग्रुप विश्वको तेस्रो ठूलो सवारीमा बिक्रेता कम्पनी हो। पहिलोमा जापानी कम्पनी टोयोटा हो भने दोस्रो धेरै कार बिक्री गर्ने जर्मन कम्पनी फक्सवागन हो। 

images
images
images

हुन्डाई मोटर ग्रुपको योजनाअनुसार ११.५ ट्रिलियन वोन नयाँ पुस्तोको सवरी उत्पादनका लागि अनुसन्धान र विकासमा खर्च हुनेछ। जसअन्तर्गत विद्युतीकरण, हाइड्रोजन फ्युलसेल सवारीसहित अन्य प्रविधि विकास गर्ने योजना कम्पनीले बनाएको छ। 

त्यस्तै विद्युतीय सवारीको उत्पादन विस्तार र नयाँ विद्युतीय कार बनाउनमा हुन्डाई मोटरले १२ ट्रिलियन वोन खर्च गर्नेछ। त्यस्तै कम्पनीले अटोनोमस ड्राइभिङलगायत रणनीतिक लगानीमा ८ खर्ब वोन खर्च गर्नेछ। 

हुन्डाई मोटर ग्रुपले यो वर्ष कोरियामा हालसम्मकै ठूलो लगानी गर्न लागेको कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। राजनीतिक अस्थिरताकाबीच देशको आर्थिक विकासमा सहयोग पुगोस् र कम्पनीको उत्पादन विस्तार र प्रतिस्पर्धी होस् भनेर लगानी गर्ने योजना बनाएको हुन्डाई मोटर ग्रुपले भनेको छ। 

हुन्डाई मोटर ग्रुपले उक्त लगानीको घोषणा गरेसँगै हुन्डाई मोटरको २.३ प्रतिशत र कियाको ३.८ प्रतिशत सेयर बढेको छ। 

हुन्डाई मोटर र कियाको संयुक्त बिक्री संख्या २०२५ मा ७३ लाख ९० हजार सवारी बिक्री गर्ने लक्ष्य ग्रुपले लिएको छ। यो २०२४ को तुलनामा २ प्रतिशत बढी हुनेछ। 

हुन्डाईले भारतीय बजारमा पनि विद्युतीय सवारी उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। हुन्डाईले भारतमै उत्पादन भएको पहिलो वद्युतीय कार क्रेटा ईभी १७ जनवरीमा सार्वजनिक गर्दै छ। त्यस्तै कियाले पनि भारतलक्षीत विद्युतीय कार उत्पादनलाई बढावा दिएको छ। 

नेपाली बजारमा हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि हुन्डाईका गाडीको एसेम्बल प्लान्ट स्थापना गरेर भेन्यू एसेम्बल गरिरहेको छ। त्यस्तै कम्पनीले क्रेटालयात अन्य मोडल पनि एसेम्बलको पाइपलाइनमा रहेको छ। त्यस्तै किया भने नेपाली बजारमा कन्टिनेन्टल ट्रेडिङ प्रालिले आयात गरेर बिक्री गर्दै आएको छ। 

हुन्डाईले हाल नेपालमा कोना ईभी, आयोनिक फाइभ ईभी बिक्री गरिरहेको छ भने अर्को महिना भित्रमा क्रेटा ईभी नेपाल ल्याउने तयारी गरेको छ। त्यस्तै कियाको ईभी सिक्स र ईभी नाइन बिक्री भइरहेको छ भने ईभी फाइभ भन्सार आइपुगेको छ। 


प्रकाशित : शुक्रबार, पुस २६ २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend