शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धि गर्न काम गर्ने प्रतिबद्धता 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ११ २०७८
images
इसेवा १४ औँ वर्षमा प्रवेश, वित्तीय पहुँच वृद्धि गर्न काम गर्ने प्रतिबद्धता 

१ लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । इसेवा एप हालसम्म करिब ५० लाख डाउनलोड भएको छ। 

images
images

काठमाडौं- भुक्तानी सेवा प्रदायक 'इसेवा' १४ औँ वर्षमा प्रवेश गरेको छ । नगद रहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५  देखि इसेवाले सेवा सुरु गरेको  थियो। 

images
images
images

१३ वर्षको अवधिमा इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको कम्पनीले जानकारी दिएको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेको कम्पनीको भनाइ छ। 

images
images

१ लाख ३० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । इसेवा एप हालसम्म करिब ५० लाख डाउनलोड भएको छ। 

images
images

'१४ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हामी हाम्रा समस्त ग्राहक, एजेन्ट, मर्चेन्ट, सहयात्री बैंक तथा वित्तीय संस्था, नियामक निकाय र सम्पूर्ण सरोकारवाला निकायमा आभार प्रकट गर्दछौँ ।  कोभिड १९ महामारीको अहिलेको समयमा धेरै भन्दा धेरै डिजिटल भुक्तानी सेवा प्रदान गरि आम नेपालीको दैनिक जनजीवन सहज बनाउने हाम्रो अभियान अझ बढि शशक्त रूपमा अगाडी बढाउन हामी प्रतिबद्ध छौँ' इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने। 


प्रकाशित : मंगलबार, माघ ११ २०७८१३:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend