मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उतारचढावबीच हरियोमै बन्द भयो सेयर बजार, लगातार वृद्धितर्फ

बुधबार, पुस २४ २०८१
उतारचढावबीच हरियोमै बन्द भयो सेयर बजार, लगातार वृद्धितर्फ

काठमाडौं- उतारचढावबीच ओरालोतिर नै लागिरहेको सेयर बजारमा लगातार ६ दिनको कारोबारमा हरियाली देखिएको छ। ६ दिनमा बजार समग्रमा ७६.७१ अंकले बढेको छ। 

गएको साता अन्तिम दुई दिनको कारोबारदेखि लगातार बढिरहेको बजार आज बुधबार पनि ६.३८ अंकले बढेर २६५३.२३ बिन्दुमा पुगेको छ। ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँको कारोबार भएको बजारमा १३९ कम्पनीको सेयर मूल्य बढेको छ। ९५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

यो साता पहिलो कारोबारमा आइतबार ५.३२ अंकले बढेको बजार सोमबार ४९.१२ अंकले बढेको थियो। मंगलबार ६.१६ अंकले बढेको बजार बुधबार पनि हरियालीतर्फ नै लागेको हो। गएको साता पनि बुधबार ५.१० अंक र बिहीबार ४.६३ अंकले बजार बढेको थियो।  

उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लामो समयपछि निरन्तर वृद्धि देखिएको हो। लगानीकर्ता विश्वस्त देखिन नसक्दा अपेक्षाकृत उचाइतर्फ लाग्न नसकेको बजार अब लयमा फर्कने अपेक्षामा लगानीकर्ता देखिन्छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पुन: वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा बजारले सकारात्मक संकेत गरिरहेको हो। अहिलेको अवस्थामा लगानीकर्ताको विश्वास फर्किएकाले नयाँ उचाइतर्फ बजार बढ्न सक्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बुधबार, पुस २४ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend