मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ८० अर्ब खिच्दै राष्ट्र बैंक

बुधबार, पुस २४ २०८१
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ८० अर्ब खिच्दै राष्ट्र बैंक

अर्थतन्त्रले अपेक्षित गति नलिँदा कर्जाको माग बढ्न नसकेको हो। कर्जाको माग न्यून रहेकाले बैंकिङ प्रणालीमा अधिक तरलता रहँदै आएको छ।

काठमाडौं- राष्ट्र बैंकले १४ दिने निक्षेप संकलन उपकरणमार्फत ८० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा ७ खर्ब ३३ अर्ब अधिक लगानीयोग्य रकम भएको भन्दै राष्ट्र बैंकले ८० अर्ब रुपैयाँ निक्षेप संकलनका लागि बोलकबोल आव्हान गरेको हो।
 
निक्षेप संकलन उपकरणमा आज बुधबार २ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ। उक्त निक्षेप संकलन उपकरण माघ ९ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ। 

यतिबेला बैंकहरूको ब्याजदर तीन वर्षयताकै न्यून बिन्दुमा आएपनि कर्जाको माग बढ्न सकेको छैन। अर्थतन्त्रले अपेक्षितरुपमा गति लिन नसकेकाले पनि कर्जा लगानी नबढेको हो।

चालु आर्थिक वर्ष सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेपनि पहिलो त्रैमासमा ३.४ प्रतिशत मात्रै वृद्धिदर हासिल हुने प्रक्षेपण कार्यालयले गरेको छ। यसले पनि अर्थतन्त्र अझै पनि चलायमान हुन नसकेको देखाउँछ।

अर्थतन्त्रले अपेक्षित गति नलिँदा कर्जाको माग बढ्न नसकेको हो। कर्जाको माग न्यून रहेकाले बैंकिङ प्रणालीमा अधिक तरलता रहँदै आएको छ।


प्रकाशित : बुधबार, पुस २४ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend