मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

साना किसान लघुवित्तको १४ प्रतिशत बोनस सेयर पारित

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, पुस २४ २०८१
साना किसान लघुवित्तको १४ प्रतिशत बोनस सेयर पारित

काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मंगलबार साँझ सम्पन्न २३औँ वार्षिक साधारणसभाले १४ प्रतिशत बोनस सेयर पारित गरेको छ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष खेमबहादुर पाठकले प्रस्ताव गरेको १३ दशमलव तीन प्रतिशत बोनस र कर प्रयोजनका लागि नगद लाभांश शून्य दशमलव सात प्रतिशत गरी १४ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको हो।

संस्थाले आर्थिक वर्ष २०७९/८० मा ७७ करोड ३५ लाख खुद मुनाफा गरेकामा आव वर्ष २०८०/८१ मा १९ दशमलव १८ प्रतिशतले वृद्धि भइ नाफा २ करोड १९ लाख  पुगेको छ।

यसैगरी आव २०७९/८० मा कुल सञ्चालन आम्दानी एक अर्ब ६६ करोड ९५ लाख रहेकोमा आव २०८०/८१ मा ३१ प्रतिशतले वृद्धि भइ दुई अर्ब १९ करोड ४१ लाख पुगेको छ ।

संस्थामा मुलुकका ७७ जिल्लाका पाँच सय ४६ स्थानीय तहमा एक हजार छ सय ९२ साझेदार संस्था आवद्ध छन्। कुल १२ लाख ३३ हजार छ सय ८४ परिवारलाई लघुवित्त सेवा पुर्‍याएको आएको संस्थामा ८० प्रतिशत महिला सहभागिता छ। 


प्रकाशित : बुधबार, पुस २४ २०८११०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend