शनिबार, असोज ५ गते २०८१    
images
images

उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीले भने- देशमै मल कारखाना खोल्नुस्

images
मंगलबार, माघ ११ २०७८
images
images
उद्योगी व्यवसायीसँग प्रधानमन्त्रीले भने- देशमै मल कारखाना खोल्नुस्

उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले देशभित्रै रासायनिक मलका लागि कारखाना खोल्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।

images
images
images

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन्।

उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए।

प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यबाद ज्ञापन पनि गरे। 

images

प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए। उनले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले खोप लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गरे। 


प्रकाशित : मंगलबार, माघ ११ २०७८१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend