मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सेयर बजारमा देखिँदै लय, लगातार हरियालीतर्फ

मंगलबार, पुस २३ २०८१
सेयर बजारमा देखिँदै लय, लगातार हरियालीतर्फ

काठमाडौं- उतारचढावबीच ओरालोतिर नै लागिरहेको सेयर बजारमा अहिले लगातार पाँच दिनको कारोबारमा हरियाली देखिएको छ। पाँच दिनमा बजार समग्रमा ७०.३३ अंकले बढेको छ। 

गएको साता बुधबार, बिहीबार र यो साता आइतबार सामान्य बढेको बजार सोमबार भने अपेक्षाकृत उचाइतर्फ लागेको थियो। मंगलबार पनि बजारले हरियालीतर्फ नै साथ दिएको छ।

मंगलबार ६.१६ अंकले बढेर बजार २६४६.८४ बिन्दुमा पुगेको छ। ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको बजारमा १२६ कम्पनीको सेयर मूल्य बढेको छ। १०७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार २१.१२ अंकले घटेको बजार सोमबार बन्द रहेको थियो। मंगलबार ३३.०८ अंकले घटेको बजार बुधबार ५.१० अंक र बिहीबार ४.६३ अंकले बढेको थियो। यो साता पहिलो कारोबारमा आइतबार ५.३२ अंकले बढेको बजार सोमबार ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा पुगेको थियो।

उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लामो समयपछि निरन्तर वृद्धि देखिएको हो। लगानीकर्ता विश्वस्त देखिन नसक्दा अपेक्षाकृत उचाइतर्फ लाग्न नसकेको बजार अब लयमा फर्कने अपेक्षामा लगानीकर्ता देखिन्छन्। 

२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९ को बिन्दु पुन: वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहँदा बजारले सकारात्मक संकेत गरिरहेको हो। 


प्रकाशित : मंगलबार, पुस २३ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend