काठमाडौं- ओला इलेक्ट्रिकका प्रमुख कार्यकारी अधिकृत भाविश अग्रवालले विद्युतीय कारको कन्सेन्ट तस्बिर सार्वजनिक गरेका छन्। यो कार आगामी वर्षसम्म उत्पादन हुने अनुमान गरिएको छ। अग्रवालले तस्बिर बाहेक अन्य विवरण भने सार्वजनिक गरेका छैनन्।
ओलाले विद्युतीय स्कुटर भने सार्वजनिक गरिसकेको छ। कम्पनीले एसवान र एसवान प्रो गरि दुई मोडल बजारमा ल्याइसकेको छ। ओलाले थप २० करोड अमेरिकी डलर लगानी गर्ने घोषणा समेत गरिसकेको छ। यो घोषणासँगै विद्युतीय मोबिलिटी स्टार्टप ओलाको भ्यालुएसन ५ अर्ब डलर पुगिसकेको छ।
हाल ओलाको प्लान्ट तमिलनाडूमा रहेको छ। ओलाले अहिले आफू विश्वकै ठूलो विद्युतीय दुईपांग्रे सवारी उत्पादक भएको दाबी गरेको छ। ओलाले २०२३ सम्ममा कार उत्पादन गर्ने अनुमान गरिएको छ।