काठमाडौं- अमेरिकी सवारी उत्पादक कम्पनी फोर्डले उत्पादन गर्दै आएको रेन्जर अस्ट्रेलियामा सर्वाधिक बिक्री हुने सवारी बनेको छ। २०२४ मा अस्ट्रेलियामा बिक्री सवारी सवारीमध्ये सबैभन्दा धेरै बिक्री हुने सवारीमा फोर्ड रेन्जर बनेको हो।
गत वर्ष अस्ट्रेलियमा हरेक महिना धेरै बिक्री हुने सवारीको सूचीमा फोर्ड रेन्जर पर्न सफल भएको थियो। अस्ट्रेलियमा फोर्डको रेन्जर फोरवाइफोर र फोरवाइटू अप्सनमा उपलब्ध छ। यी दुवै अप्सनका गरेर २०२४ मा कुल ६२ हजार ५ सय ९३ वटा रेन्जर उपभोक्तालाई हस्तान्तरण गरिएको थियो।
रेन्जरपछि दोस्रो धेरै बिक्री हुने सवारीमा टोयोटाको र्याभफोर रहेको छ। यो कार गत वर्ष कुल ५८ हजार ४ सय १८ वटा बिक्री भएको थियो। त्यस्तै तेस्रो स्थानमा पनि टोयोटाकै हाइलक्स रहेको छ। टोयोटा हाइलक्स पिकअप २०२४ मा अस्ट्रेलियामा ५३ हजार ४ सय ९९ वटा बिक्री भएको थियो।
समग्रमा २०२४ मा अस्ट्रेलियामा १२ लाख २० हजार ६ सय ७ वटा नयाँ सवारीसाधन बिक्री भएको फेडेरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज(एफसीएआई)ले सार्वजनिक गरेको छ।
अस्ट्रेलियमा पनि साना कारको तुलनामा एससूभी तथा पिकअप ट्रकको बिक्री उल्लेख्य रुपमा बढ्दै गएको तथ्यांकले देखाएको छ। यो ट्रेन्ड संसारभर बढ्दै गइरहेको छ। यो ट्रेन्ड भारत तथा नेपालमा पनि बढी रहेको तथ्यांकले देखाएको छ। एसयूभी सेगमेन्टको सवाीको बिक्री नेपाली बजारमा बढिरहेको छ।
गत वर्ष अस्ट्रेलियामा बिक्री भएको नयाँ सवारीमा एसयूभीको हिस्सा ५७ प्रतिशत अर्थात ६ लाख ९५ हजार ५ सय ६६ वटा बिक्री भएका थिए। लाइट कमर्सियल सवराी २ लाख ७० हजार ३ सय ५१ वटा र साना प्यासेन्जर कार २ लाख ३ हजार ३ सय ८४ वटा बिक्री भएको थियो।
फोर्डको रेन्जर नेपाली बजारमा पनि उपलब्ध रहेको छ। फोर्डका सवारी नेपालका लागि आधिकारिक बिक्रेता जीओ अटोमोबाइलले बिक्री गर्दै आएको छ।
जीओ अटोमोबाईल्सले गत वर्ष नयाँ रेन्जर बजारमा ल्याएको थियो। २.० लिटर सिंगल टर्बो र बाई टर्बोयुक्त नेक्स्ट जेन फोर्ड रेन्जर भित्रिएको थियो।
फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एसियाली मुलुकहरुमा सबैभन्दा रुचाइएको पिकअप ट्रक मध्ये पर्दछ। यसले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा संसारभर ख्याति कमाएको हो।
नेक्स्ट जेन फोर्ड रेन्जरले जुन सुकै बाटोमा (अन रोड होस् या अफ रोड) आनन्ददायी सवार प्रदान गर्नेमा उपभोक्ता विश्वस्त छन्। यसको अविश्वसनीय अफ रोड क्षमता, टोइङ तथा तौलयुक्त ढुवानी क्षमता, दरिलो बनावट इन्धन किफायती इन्जिनका कारण यो पिकअप हरेकको रोजाइमा पर्न सफल भइरहेको छ।