काठमाडौं- भारतको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी मारुती सुजुकीले महियाणाको सोनीपतमा रहेको फ्याक्ट्रीलाई भारतकै ठूलो बनाउने भएको छ। यसका लागि कम्पनीले पूर्वाधारलगायतको आवश्यक तयारी सुरु गरिसकेको छ।
मारुती सुजुकीको यो लक्ष्यअनुसार २०२५ भित्र सबै काम सकिसक्ने जनाएको छ। मारुती सुजुकीले आवश्यक तयारी गरिसकेको र नीतिगत स्वीकृतिको पर्खाइमा रहेको कम्पनीका अध्यक्ष आरसी भार्गवले बताए। सोनीपतमा निर्माण हुने प्लान्टबाट सबै प्रक्रिया पुरा गरेर उत्पादन सुरु हुन ३ वर्ष लाग्ने उनले द इकोनोमिक टाइम्ससँग भनेका छन्।
नयाँ फ्याक्ट्री थप भएसँगै सोनीपतबाट वार्षिक १० लाख कार उत्पादन हुनेछ। मारुती सुजुकीको गुरुग्राम र मनसारमा तीन वटा एसेम्बली लाइन छ जसको क्षमता १५ लाख कार उत्पादन रहेको छ। मारुती सुजुकीले समग्रमा सोनीपतमा १८ हजार करोड भारु लगानी गर्ने छ। यो प्लान्ट सञ्चालनमा आएपनि मारुतीले गुरुग्रामको प्लान्ट बन्द गर्ने छ।
त्यहाँ रहेको प्लान्ट आवास क्षेत्र नजिकै भएकाले त्यहाँ ट्राफिकलगायत समस्या भएको गुनासो हुँदै आएको थियो। भारतको गुरुग्राममा रहेको प्लान्ट जसबाट मारुती सुजुकीले पहिलो पटक १९८३ मा कार उत्पादन गरको थियो। त्यतिबेला सो प्लान्टबाट मारुती ८०० उत्पादन भएको थियो।
आन्तरिक बजारमा मारुती सुजुकीका कारकोे माग बढ्न थालेको छ। गत वर्ष भने मारुतीको बिक्रीमा केही कमी आएको थियो। आर्थिक वर्ष २०२१÷२२ को ९ महिनामा मारुती सुजुकीको कार बिक्री २०.५ प्रतिशतले बढेर ११ लाख ६३ हजार ८ सय २३ वटा पुगेको छ।
सुजुकीका कार नेपाली बजारमा समेत उपलब्ध हुँदै आएका छन्।