बुधबार, पुस २४ गते २०८१    
बुधबार, पुस २४ २०८१
images
images

बढ्यो सार्वजनिक यातायातको भाडा

images
सोमबार, पुस २२ २०८१
images
images
बढ्यो सार्वजनिक यातायातको भाडा

विभागले यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाइएको छ।

images
images

काठमाडौं- सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। यातायात व्यवस्था विभागले यात्रुबाहक तथा मालबाहक सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो। 

images
images
images

विभागले यात्रुबाहक सवारीको भाडा ३.३० प्रतिशतले बढाएको छ। वृद्धि भएको भाडादर सोमबारबाटै लागु हुनेगरी सार्वजनिक यातायातका यात्रुबाहक तथा मालबाहक सवारी साधनको भाडा बढाइएको विभागले जनाएको छ। 

images

पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ०.०५ प्रतिशतले बढाउने निर्णय भएको छ।

images
images

यसपटक दुई वा सोभन्दा बढी प्रदेश भइ सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातको भाडा समायोजन गरिएको विभाग जनाएको छ। यसअघि विभागले २०८० सायनमा भाडा समायोजन गरेको थियो। 

भाडा बढाउन भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले विभागलाई गएको साता सहमति दिएको  थियो।

विभागका अनुसार सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको अध्ययन तथा विश्लेषण, सरोकारवाला पक्षसँग गरिएको परामर्श समेतका आधारमा भाडा बढाउने निर्णय गरेको जनाएको छ।

भाडा वृद्धिका लागि श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफालगायत मुख्य सूचकलाई आधार बनाएर सार्वजनिक सवारीको भाडा समायोजन गर्ने व्यवस्था गरिएको छ। 


प्रकाशित : सोमबार, पुस २२ २०८११७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend