मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उही बिन्दुमा अड्किरहेको सेयर बजारमा व्यापक हरियाली, अब पाउला उचाइको लय?

सोमबार, पुस २२ २०८१
उही बिन्दुमा अड्किरहेको सेयर बजारमा व्यापक हरियाली, अब पाउला उचाइको लय?

काठमाडौं- उतारचढावबीच ओरालोतिर नै लागिरहेको सेयर बजार गएको साता बुधबारयता उही बिन्दु वरपर देखिएकोमा सोमबार व्यापक हरियालीतर्फ लागेको छ। गएको साता बुधबार, बिहीबार र यो साता आइतबार सामान्य बढेको बजार सोमबार भने अपेक्षाकृत उचाइतर्फ लागेको हो। 

सोमबार ४९.१२ अंकले बढेर २६४०.६८ बिन्दुमा पुगेको छ। ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको बजारमा २२६ कम्पनीको सेयर मूल्य बढेको छ। १२ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता पहिलो कारोबारमा आइतबार २१.१२ अंकले घटेको बजार सोमबार बन्द रहेको थियो। मंगलबार ३३.०८ अंकले घटेर २५७६ बिन्दुमा पुगेको बजार बुधबार ५.१० अंक र बिहीबार ४.६३ अंकले बढेको थियो। यो साता पहिलो कारोबारमा आइतबार पनि बजार ५.३२ अंकले बढेर २५९१.५६ बिन्दुमा पुगेको थियो। 

उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लामो समयपछि सोमबार ठूलो अंकको वृद्धि देखिएको हो। लगानीकर्ता विश्वस्त देखिन नसक्दा अपेक्षाकृत उचाइतर्फ लाग्न नसकेको बजार अब लयमा फर्कने अपेक्षामा लगानीकर्ता देखिन्छन्। 

एक दिनको ठूलो वृद्धिले नै बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, पुस २२ २०८११५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend