मंगलबार, वैशाख २५ गते २०८१    
images
images

२४ घण्टामा १२ हजार ८ जनामा कोरोना, कुल परीक्षणको ४६ प्रतिशत संक्रमित

images
images
images
२४ घण्टामा १२ हजार ८ जनामा कोरोना, कुल परीक्षणको ४६ प्रतिशत संक्रमित

कुल परीक्षणको ४६.३४ प्रतिशतमा कोरोना देखिएको छ। मंगलबार २५ हजार ९ सय ९ जनाको कोरोना परीक्षण भएको थियो। जसमा १२ हजार ८ जनामा कोरोना संक्रमण देखा परेको हो। 

images
images

काठमाडौं- कोरोना संक्रमण फैलिने क्रम बढ्दो छ। नेपालमा अहिले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टका संक्रमितहरू भेटिएका छन्। जसमा ओमिक्रोनको संक्रमण फैलँदो देखिएको छ। 

images
images
images

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार कुल परीक्षणको ४६.३४ प्रतिशतमा कोरोना देखिएको छ। मंगलबार २५ हजार ९ सय ९ जनाको कोरोना परीक्षण भएको थियो। जसमा १२ हजार ८ जनामा कोरोना संक्रमण देखा परेको हो। 

images

मंगलबार १८ हजार १ सय ३ जनाको पीसीआर परीक्षण भएकोमा ९ हजार ४ सय ३२ जनाको कोरोना संक्रमण देखिएको छ।

images

यसैगरी ७ हजार ८ सय ६ जनाको एन्टिजेन परीक्षणमा २ हजार ५ सय ७६ जनाको कोरोना देखिएको छ। मंगलबार ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९ सय ३४ पुगेको छ।

images
images

images

प्रकाशित : मंगलबार, माघ ११ २०७८११:०६

प्रतिक्रिया दिनुहोस