बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

नाडा र नाडाका संस्थागत एशोसिएसनबीच अन्तरक्रिया

images
सोमबार, पुस २२ २०८१
images
images
नाडा र नाडाका संस्थागत एशोसिएसनबीच अन्तरक्रिया

पुस २० गते हेटौँडामा सम्पन्न हेटौडा अटोमोबाइल्स एशोसिएसनको २४औँ वार्षिक साधारण सभाको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो।

images
images

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आफ्ना संस्थागत सदस्यहरुसँग छलफल गरेको छ। पुस १९ गते हेटौँडामा नाडाका अध्यक्ष करण चौधरीको संयोजकत्वमा नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपाल, हेटौँडा अटोमोबाइल्स एशोसिएसन र नाडा संस्थागत एशोसिएसनका पदाधिकारी तथा सदस्यबीच बृहत अन्तरक्रिया कार्यक्रम भएको हो। 

images
images
images

पुस २० गते हेटौँडामा सम्पन्न हेटौडा अटोमोबाइल्स एशोसिएसनको २४औँ वार्षिक साधारण सभाको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो। 

images
images

सो कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोबाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राखेका थिए। सो कार्यक्रममा खाशगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको एमआरपीका विषयमा, भन्सार मूल्यांकनको समस्या, साफटा अन्तर्गत आएका अटोमोबाइल बस्तुहरु, झोले व्यापारीले पु¥याएको समस्या, मधेश प्रदेशमा बिनाप्यान नम्बर सञ्चालनमा हरका ३ हजार पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक असरलगायत विषयमा छलफल भएको थियो। 

images
images
images

त्यस्तैगरी भ्याटमा दर्ता भएर राख्नु पर्ने लेखा सम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटोमोबाइल व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुदाको समस्या र नाडाका प्रदेश एशोसिएसनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रोतको व्यवस्था गरिदिनु पर्ने जस्ता विषयहरुमा नाडा सदस्यहरुले उठाएका थिए। 

छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको प्रत्युत्तरसमेत दिएका थिए। नाडाका केन्द्रीय कार्यसमितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एमआरपीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए।

कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भीसीटीएस सम्बन्धि प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धि तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए। 

सो कार्यक्रममा नाडाकातर्फबाट संस्थागत सदस्य कुलवहादुर क्षेत्री, केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्यसमिति आमन्त्रित सदस्यद्धय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो। त्यसैगरी हेटौँडा अटोमोबाइल्स एशोसिएसनका निवर्तमान अध्यक्ष दामोदर अटल, वरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उपे्रती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कडेल, कार्यसमिति सदस्यद्धय उत्तमप्रसाद भण्डारी, सुजन उपे्रती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रिय संयोजक दिपेश खडगीको उपस्थिति रहेको थियो। त्यसैगरी जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतको उपस्थिति रहेको थियो। 

सो कार्यक्रममा हेटाैँडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इन्टर प्रोभिन्स लेभल फ्रेन्डली व्याडमिन्टन प्रतियोगितासमेत सम्पन्न गरिएको थियो। कुल ८ टिमबीच डवल्स व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकोमा चितवन अटोमोबाइल्स एशोसिएसनका पूर्वअध्यक्ष अमृत जोशी र कार्य समिति सदस्य श्रीप्रसाद श्रेष्ठको जोडीले प्रतियोगिता जितेको थियो। 

यस किसिमका कार्यक्रहरुले नाडा र नाडाका संस्थागत एशोसिएसनहरु बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको छ। यस्ता कार्यक्रमहरु नाडाले विगतमा पनि गर्दै आएको र आउदा दिनहरुमा पनि गर्दै जानेछ।


प्रकाशित : सोमबार, पुस २२ २०८१११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend