शनिबार, असोज ५ गते २०८१    
images
images

‘नो मास्क नो इन्ट्री’, ‘नो खोप कार्ड नो सर्भिस’ 

images
मंगलबार, माघ ११ २०७८
images
images
‘नो मास्क नो इन्ट्री’, ‘नो खोप कार्ड नो सर्भिस’ 

कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो।

images
images

महाेत्तरी- जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड नो सर्भिस’ व्यवस्था लागु गरेको छ। कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्राबधान कार्यान्वयनमा ल्याएको हो।

images
images
images

सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागु गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड नो सर्भिस’ प्राबधान लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए।  
 
प्रशासनले खोप नलिएकालाई सेवा नदिने र  सेवाग्राहीलाई प्रशासन कार्यालयबाट नै  तत्काल खोप लगाउने व्यवस्था मिलाएको उनले बताए। अहिले जिल्ला प्रशासन कार्यालयमा आउने प्रत्येक सेवाग्राहीलाई मुख्यद्वारमै खटिएका स्वास्थ्यकर्मीले खोप कार्ड रहे/नरहेको सोधीखोजी गर्छन् भने भएकालाई सेवा दिने र नभएकालाई त्यही प्रांगणमा रहेका स्वास्थ्यकर्मीद्वारा तत्काल खोप लगाएर मात्रै सेवा दिने गर्दछन्।

यसअघि मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी सेवा प्रदान गर्दै आएको प्रशासनले  कार्यालयमै खोपको व्यवस्था गरी सेवा प्रदान गर्न थालेको हो। रासस


प्रकाशित : मंगलबार, माघ ११ २०७८१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend