बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा अफरोड क्षमता प्रमाणित गर्दै इलेक्ट्रिक एसयूभी जेइको जे-सिक्स इन्डिभिजुअल ह्विल ड्राइभ

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २१ २०८१
images
images
गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा अफरोड क्षमता प्रमाणित गर्दै इलेक्ट्रिक एसयूभी जेइको जे-सिक्स इन्डिभिजुअल ह्विल ड्राइभ
images
images

काठमाडौं- ओमोडा एन्ड जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा ‘जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभको टेस्ट ड्राइभ 'एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ।

images
images
images

शनिबार आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयूभी जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभको उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको छ। यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने प्रमाणित भएको छ।

images
images

गोकर्णमा सम्पन्न कार्यक्रममा अफ-रोड पारखी तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ। विशेष रूपमा तयार गरिएको अफ-रोड ट्र्याक मुख्य आकर्षण रह्यो। ट्र्याकलाई साँच्चिकै अफरोड यात्रामा जस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स आदि समेटिएको थियो। यही ट्र्याकमा जे सिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो।

images
images
images

विशेषगरी जेइको जेसिक्समा रूची राख्ने ग्राहक केन्द्रित यस कार्यक्रममा जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभले डर्ट-ट्र्याकका सम्पूर्ण अवरोधहरूलाई सजिलै पार गर्दै विद्युतीय सवारी प्रविधिले मारेको फड्कोलाई सहि सावित गरेको छ।

jaecoo4 1.jpeg

कार्यक्रममा डर्ट-ट्र्याक च्यालेन्जका अलावा सहभागीहरूले नि:शुल्क ‘ड्राइभिङ रेन्ज गल्फ सट’ जस्ता क्रियाकलापमार्फत उत्साहजनक माहौल कायम राखे। एसपिजि अटोमोबाइल्स नेपालमा नवीन र दिगो मोबिलिटि (गतिशीलता)का आविष्कार तथा उत्पादनहरू प्रवर्द्धन गर्न समर्पित रहेको छ।

अल-ह्विल-ड्राइभ पावरट्रेनसहितको नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ प्रभावशाली पर्फमेन्स, अद्भुत पावर, र उच्च ग्राउन्ड क्लियरेन्ससहित अफ-रोड ड्राइभिङको लागि उत्कृष्ट विद्युतीय एसयूभीको रूपमा स्थापित भएको छ।

नयाँ जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) मसाज सिट, सबै प्यासेन्जरका लागि हिटेड एन्ड भेन्टिलेटेड सिट, हाइअर रिमसहितको टायर साइज, बुम बक्स बेस स्पिकर्स जस्ता विभिन्न सुविधाहरूले सु-सज्जित रहेको छ। साथै नौवटा ड्राइभिङ मोडसहित शक्तिशाली डुअल मोटर, ६९.६६ किलोवाटआवरको ब्याट्री, र ४०० किलोमिटरको डब्लुएलटिपि रेन्ज यसको प्रमुख आकर्षणको पक्ष रहेको छ।

एसपिजि अटोमोबाइल्सले साहसिक यात्रा गर्न खोज्ने अफ-रोड पारखीहरूलाई नजिकैको ओमोडा तथा जेइको सोरुममा गइ नेपालकै पहिलो अत्याधुनिक विद्युतीय एसयूभीको प्रत्यक्ष अनुभव गर्न सकिने कम्पनीले जनाएको छ।


प्रकाशित : आइतबार, पुस २१ २०८११८:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend