काठमाडौ- समग्र बजार घट्दा पोखरा फाइनान्सको सेयरमा भने मंगलबार लगानीकर्ता भुम्मिए। फाइनान्सको सेयर ४४.९० अंकले बढेर प्रतिकित्ता ५८८.९० अंकमा कारोबार भयो।
५१ हजार ६ सय ३३ कित्ता कारोबार भएको फाइनान्सकले गत वर्षको नाफाबाट जम्मा ८.५ प्रतिशत लाभांश घोषणा गरेको थियो। फाइनान्सले बुक क्लोज समेत गरिसकेको छ।
पोखरामा केन्द्रीय कार्यालय रहेको फाइनान्सका सूचकहरु अन्य फाइनान्सभन्दा अब्बल मानिन्छ। सोही कारण पनि दोस्रो बजारमा फाइनान्सको मूल्यमा उतारचढाव भइरहन्छ।
पछिल्लो ५२ हप्तामा ९२० रुपैयाँसम्म पुगेको सेयर मूल्य न्युनतम २४५ रुपैयाँमा कारोबार भएको थियो। फाइनान्सको चुक्ता पुँजी १ अर्ब ४० लाख रहेको छ भने दोस्रो बजारमा पुँजीकरण ६ अर्ब १२ करोड पुगेको छ।