मंगलबार, वैशाख ९ गते २०८२    
मंगलबार, वैशाख ९ २०८२
images
images

भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणले तीव्रता पाउँछ : गृहमन्त्री

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २१ २०८१
images
भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणले तीव्रता पाउँछ : गृहमन्त्री

विपद क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनर्निर्माण गर्नका लागि आवश्यक कानूनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए।

images
images

काठमाडौं- गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई तीव्रता दिने बताएका छन्।

images
images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको २८ औँ बैठकमा गृहमन्त्री लेखकले उक्त विपदबाट भएको क्षतिको मूल्यांकन र पुनर्निर्माण कार्य तीव्र रुपमा अगाडि बढ्ने बताएका हुन्।

images
images

‘आज डोटी, बाजुरा, बझाङ र जाजरकोटको भूकम्प तथा बाढी पहिरोले उत्पन्न विपदबाट भएको क्षतिबारे विपद क्षतिको मूल्यांकन (डीडीए)को काम सुरु गर्ने र डीडीए भइसकेको ठाउँमा पुनर्निर्माणको काम अगाडि बढाउने निर्णय भएको छ,’ उनले भने।

images
images

विपद क्षतिको मूल्यांकन भइसकेको ठाउँमा पुनर्निर्माण गर्नका लागि आवश्यक कानूनी र आर्थिक विषयमा निर्णय भएको गृहमन्त्री लेखकले बताए।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड केही समयअघि पारित भइसकेको छ। सोहीसम्बन्धी कार्यविधि आज हामीले पारित गरेका छौँ। आगामी माघ तेस्रो साताबाट जाजरकोटको भूकम्पको विपद क्षतिको मूल्यांकन कार्य सुरु हुनेछ,’ उनले भने। उक्त निर्णय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकमा प्रस्तुत गर्ने उनको भनाइ छ।


प्रकाशित : आइतबार, पुस २१ २०८११४:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend