शनिबार, असोज ५ गते २०८१    
images
images

भन्सार निर्देशक रेग्मीलाई चेम्बरको सम्मान

images
मंगलबार, माघ ११ २०७८
images
images
भन्सार निर्देशक रेग्मीलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक राम प्रसाद रेग्मीलाई सम्मान गरेको छ।

images
images

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मीलाई सम्मान गरेको छ।

images
images
images

भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो। काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दोसल्ला ओढाएर एवं अर्थसचिव मधु मरासिनीले प्रमाणपत्र सहित निर्देशक रेग्मीलाई सम्मान गरेका हुन्।

भन्सार विभागमा उत्कृष्ट सेवा तथा रसुवा भन्सारमा हुँदा व्यापार सहजीकरणमा महत्वपुर्ण भूमिका निर्वाह गरेकाले रेग्मीलाई ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए। भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो।

रसुवा भन्सारसंगै विराटनगनर, विरगञ्ज, महेन्द्रनगर भन्सारमा झण्डै १५ वर्ष विताएका रेग्मीले सेवामा रहँदा उत्कृष्ट कार्य गरेको भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले बताए। सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने बताए। आयत रोक्नुभन्दा पनि व्यवस्थित गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ।

images

करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताए। सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै उनले भन्सार प्रशासनमा पनि डिजिटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए। अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक भएसंगै अर्थतन्त्र नै जोखिमको दिशामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थसचिव मरासिनीको ध्यानाकर्षण गराए। ८ खर्ब ८० अर्ब रुपैयाँ व्यापारघाटा पुगिसकेको भन्दै उनले सरकारी नीति र योजना तथा कार्यन्वयन पाटोको गम्भिर समिक्षा गर्नुपर्ने बेला आएको बताए।

जवाफमा अर्थसचिव मरासिनीले अर्थतन्त्रमा पछिल्लो समय केही चाप रहेपनि खराब अवस्थामा पुगिनसकेको बताए। ७ दशमवल ११ प्रतिशतको मूल्यवृद्धि, ८ खर्ब ८० अर्बको व्यापार घाटा, रेमिट्यान्समा गिरावाट आएकाले अर्थतन्त्रमा केही चाप वढेको सचिव मरासिनीले स्वीकार गरे। कोभिड १९ को दोस्रो लहर पछि आर्थिक गतिविधी स्वभाविक चलायमान हुन खोजेकाले अर्थतन्त्रमा केही चाप देखिएको मरासिनीले बताए। 

विदेशी विनिमय सञ्चिती केही घटेपनि कम्तिमा ६ महिनालाई आयत धान्न सकिने अवस्थामा रहेकाले आत्तिनु नपर्ने अर्थसचिव मरासिनीले बताए। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक देखि पुँजीगत खर्चपनि बढेकाले बैंक तथा वित्तिय संस्थामा तरलता अभाव हट्दै जाने मरासिनीको भनाइ छ।

सरकाले यो वर्ष लक्ष्य अनुसार आर्थिक वृद्धि हासिल गर्ने दावी समेत गरेका छन्। सरकाले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। 


प्रकाशित : मंगलबार, माघ ११ २०७८०९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend