सोमबार, असार ९ गते २०८२    
सोमबार, असार ९ २०८२
images
images

नेपाल राष्ट्र बैंकले आज थप ५० अर्ब रूपैयाँ तरलता खिच्दै

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २१ २०८१
images
images
नेपाल राष्ट्र बैंकले आज थप ५० अर्ब रूपैयाँ तरलता खिच्दै
images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज आइतबार बजारबाट थप ५० अर्ब रुपैयाँ तरलता खिच्दैछ। बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो।

images
images
images

पुस १७ गते मात्र ४० अर्ब तानेको राष्ट्र बैंकले पुनः २१ लागि ५० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो। बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो।

images
images

बैंकले विभिन्न विशेषता एवं सर्तहरु कायम गरी १२ दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्कासन गर्ने भएको हो। निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ १३ गते हुने बैंकले जनाएको छ।

images
images
images

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ। 


प्रकाशित : आइतबार, पुस २१ २०८१११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend