मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल राष्ट्र बैंकले आज थप ५० अर्ब रूपैयाँ तरलता खिच्दै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, पुस २१ २०८१
नेपाल राष्ट्र बैंकले आज थप ५० अर्ब रूपैयाँ तरलता खिच्दै

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज आइतबार बजारबाट थप ५० अर्ब रुपैयाँ तरलता खिच्दैछ। बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो।

पुस १७ गते मात्र ४० अर्ब तानेको राष्ट्र बैंकले पुनः २१ लागि ५० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो। बैंकले छोटो अवधिमा लगातार रुपमा बजारबाट पैसा उठाउन लागेको हो।

बैंकले विभिन्न विशेषता एवं सर्तहरु कायम गरी १२ दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्कासन गर्ने भएको हो। निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी माघ १३ गते हुने बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ। 


प्रकाशित : आइतबार, पुस २१ २०८१११:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend