काठमाडौं- वाणिज्य बैंकहरु फेरि तरलता अभावको मारमा परेका छन्। वाणिज्य बैंकहरुले माघको पहिलो सातामात्र १३ अर्ब रुपैयाँ निक्षेप गुमाएका हुन्।
बैंकर संघले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस मसान्तसम्म बैंकहरुले ४३ खर्ब २४ अर्ब निक्षेप संकलन गरेका थिए। तर माघ साते आइपुग्दा त्यो निक्षेप घटेर ४३ खर्ब ११ अर्बमा सीमित भएको छ।
त्यस्तै माघको पहिलो साता बैंकहरुले १ अर्बमात्र ऋण प्रवाह गरेका छन्। पुस मसान्तमा ४१ खर्ब ४३ अर्ब ऋण प्रवाह गरेका बैंकहरुले माघ ७ गतेसम्म पुग्दा ४१ अर्ब ४४ अर्ब ऋण प्रवाह गरेका छन्।