सोमबार, पुस २२ गते २०८१    
सोमबार, पुस २२ २०८१
images
images

बुल्दी खोलामा पुल निर्माण : नौ महिनामा ७५ प्रतिशत प्रगति

images
शनिबार, पुस २० २०८१
images
images
बुल्दी खोलामा पुल निर्माण : नौ महिनामा ७५ प्रतिशत प्रगति

आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि समयभन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको छ।

images
images

तनहुँ- जिल्लाको व्यास नगरपालिका-१ र २ जोड्ने गरी कराङकाठ-बसपार्क जाने बुल्दी खोलामा निर्माणधीन पुल निर्माणले गति लिएको छ।

images
images
images

निर्माण कम्पनी ज्वालामुखी कन्स्ट्रक्सनले नौ महिनामा ७५ प्रतिशत भौतिक प्रगति गरेको हो। आगामी भदौ २२ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि समयभन्दा अघि नै पुल निर्माण गर्ने तयारी भइरहेको व्यास नगरपालिकाले जनाएको छ।

images

सम्झौता मितिभन्दा ६ महिना अगावै फागुनसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको व्यास नगरपालिका योजना शाखा अधिकृत तिवारीले बताए। 

images
images

पुल निर्माणका लागि व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत ६ करोड ११ लाख तीन सय २४ बजेट विनियोजन भएको थियो। कम्पनीले निर्माणलाई निरन्तरता दिएकाले छोटो अवधिमा उल्लेखनीय प्रगति हासिल गरेको छ। उनका अनुसार यस पुलको २५ मिटर लम्बाइ र आठ दशमलव ४० मिटर चौडाइको रहेको छ।

हाल पुल निर्माण गरिएको स्थान नजिक कजवेबाट (पाइप राखेर बनाइएको अस्थायी संरचना) सवारीसाधान आवतजावत हुँदै आएको थियो।

पुल बनेपछि आवागमन सहज हुनुका साथै खोला किनारका करिब एक सय घर संरक्षणमा सहयोग पुग्ने सामुदायिक टोल विकास संस्था कराङकाठ बसपार्कका अध्यक्ष सोमनाथ पौडेलले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, पुस २० २०८११३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend