शनिबार, असोज ५ गते २०८१    
images
images

अनलानबाट डलरको अवैध कारोबार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ११ २०७८
images
images
अनलानबाट डलरको अवैध कारोबार गरेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा

विदेशी विनिमय सम्बन्धि ऐन विपरीत कार्य गरेको भन्दै उनीहरु विरुद्ध विभागले मुद्दा दायर गरेको छ। 

images
images

काठमाडौं- अनलाइन माध्यमबाट डलरको अवैध कारोबार गरेको भन्दै राजस्व अनुसन्धान विभागले चार जना विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। 

images
images
images

इन्टरको माध्यमबाट विदेशी विनिमय अपचलन गरेको अभियोगमा कैलालि लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ्टोलमा बस्ने दिनेश खड्का, दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का तथा वुवा प्रतिवादी नर बहादुर खड्का र दिनेश खड्काको केटी साथी अनिता धिताल विरुद्ध मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ।

विदेशी विनिमय सम्बन्धि ऐन विपरीत कार्य गरेको भन्दै उनीहरु विरुद्ध विभागले मुद्दा दायर गरेको छ। 

अभियुक्तहरुले ३१ लाख २७ हजार ८९६ अमेरिकी डलर कारोबार गरेको पाइएको विभागले जानकारी दिएको छ। अभियुक्तहरुले इ(स्क्रिल र बाइएन्स मार्फत् डलर कारोबार गरेको पाइएको विभागले बताएको छ। 

images

अभियुक्तहरुले क्रिप्टो कारोबारमा उक्त डलर खर्च गरेको देखिएको छ। यी दुबै एप क्रिप्टो कारोबारमा प्ल्याटफर्मका रुपमा चिनिन्छन्। 

 


प्रकाशित : मंगलबार, माघ ११ २०७८०८:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend