बिहीबार , वैशाख १३ गते २०८१    
images
images

जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा चटारो

images
images
images
जुम्लाका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा चटारो

बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्।

images
images

खलंगा‍- जुम्लाका किसान यस याममा स्याउ बगैंचा व्यवस्थापन कार्यमा जुटेका छन्। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्दछ।  

images
images
images

तातोपानी गाउँपालिका-४ का  किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काटछाँट तथा यसको व्यवस्थापनमा आफूहरु जुटेको जानकारी दिए। बगैंचा व्यवस्थापनमा किसानले ध्यान नदिँदा स्याउका बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने भएकाले व्यवस्थापन अनिवार्य गरिएको तिला गाउँपालिका-१ का कार्यवाहक वडाध्यक्ष नर रावतले बताए। बगैंचा व्यवस्थापनकार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ बिरुवा लगाउने सयम समेत सुरु भएको छ। 
 
जिल्लाका आठवटै स्थानीय तहका स्याउ किसान यतिखेर खेतबारीको स्याउ बगैंचामा स्याउ कटिङमा लागि परेको स्थानीय तहका कृषि शाखाले जनाएका छन्। पछिल्लो सयमयमा कर्णाली प्रदेश सरकारले स्याउ किसानलाई विशेष अनुदानसमेत दिने गरेको छ।

images

धेरैजसोलाई प्राविधिक ज्ञान नहुँदा बगैंचा काँटछाट तथा व्यवस्थापन किसानले राम्रोसँग नगरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाई जुम्लाका निमित्त कार्यालय प्रमुख गंगा पोखरेलले बताए। स्याउलाई गुणस्तरीय बनाउनका लागि कृषि विशेषज्ञ प्रविधिक टोली र स्याउ सुपर जोन कार्यालयको टोलीले यहाँका स्याउ किसानका बगैंचामै पुगेर स्याउ बगैंचा काटँछाटदेखि स्याउ व्यवस्थापन गरिने उनले जानकारी दिए।  
 
बिरुवा लगाउन पहिले खाडल खन्दादेखि नै ध्यान दिन कृषि विज्ञले सुझाव दिएका छन्। खाडल खन्दा एउटादेखि अर्काे स्याउको बिरुवासम्म छ मिटरको दुरी आवश्यक हुने कृषि विकास कार्यालयका प्रमुख गषेशबहादुर अधिकारीले बताए। खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट, रासायनिक मल र माटो उपचार गर्ने विषादी राम्रोसँग मिसाएर बिरुवा लगाउन उपयुक्त हुने उनले जानकारी दिए।  

images

कृषि प्राविधिकको सल्लाह अनुसार स्याउका बिरुवा रोप्दा र समयमै बगैंचा व्यस्थापनमा गरे गुणस्तरीय फल र बगैंचा राम्रो देखिने तिला गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक सरिता महतले बताइन्। सो शाखाले फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्योभन्दा अगाडि नै स्याउका बिरुवा रोपिसक्नुपर्ने जनाएको छ।

images
images

स्याउका बिरुवा रोप्दा पाकेको गोठेमललाई माटोसँग मिसाएर हाल्दा राम्रो हुनेदेखि स्याउखेतीका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने कार्यालयका प्राविधिक सहायक सुकिराम नेपाली बताए। 

छ हजार मेट्रिक टन स्याउ उत्पादन

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार यस वर्ष जिलामा छ हजार १७० मेट्रिक टनभन्दा बढी स्याउ उत्पादन भएको छ। स्याउ उत्पादनको तथ्यांक गत वर्षभन्दा यो वर्ष १९ प्रतिशतले घटेको छ। आर्थिक वर्ष २०७८/७९ मा ६ हजार १७० मेट्रिक टन स्याउ उत्पादन भएको छ। गत आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २१० मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालयले जनाएको छ। 

जिल्लको कुल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर छ। यसको चार हेक्टर जमिनमा गरिएको स्याउखेतीमध्ये एक हजार ८८८ हेक्टरमा मात्रै स्याउ फलेको थियो। गत आव २०७७÷७८ मा तीन हजार ८८५ हेक्टर जमिनमा गरिएको स्याउ खेतीमध्ये एक हजार ५५४ हेक्टर जमिनमा स्याउ उत्पादन भएको  कार्यालयले तथ्यांकले देखाएको छ। यस वर्ष जिल्लाबाट एकहजार ९०० क्विन्टल निर्यात भएको कार्यालयले जनाएको छ। रासस

images

प्रकाशित : मंगलबार, माघ ११ २०७८०७:४८

प्रतिक्रिया दिनुहोस