शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वीरगञ्जबाट धानचामल आयात बढ्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस १९ २०८१
images
images
वीरगञ्जबाट धानचामल आयात बढ्यो

चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ।

images
images

पर्सा- चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्जबाट धानचामलको आयात बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार पाँच महिनामा ३ अर्ब ९३ करोड ६३ लाख २० हजारको धान आयात भएको छ। 

images
images
images

गत आर्थिक वर्षको सोही अवधिको  तुलनामा चालु आवमा  धान आयात ६० दशमलव २८ प्रतिशतले बढेको छ।

images
images

साथै राजस्व संकलनको आधार पनि एक सय ४५ दशमलव २३ प्रतिशतले बढेको छ। गत आवको पाँच महिनामा दुई अर्ब ४० करोड ३१ लख ६४ बराबरको धान आयात भएको थियो। 

images
images
images

चालु आवको पाँच महिनामा ९२ करोड ८० लाख ९० हजार मूल्य बराबरको ८८ लाख ६६ हजार पाँच सय ४० किलोग्राम चामल आयात भएको छ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा चामल आयात ५४ दशमलव १२ प्रतिशत र राजस्व संकलनको आधारमा २० दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ। रासस


प्रकाशित : शुक्रबार, पुस १९ २०८११०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend