मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

पर्ख र हेरकै सोचमा लगानीकर्ता, बुधबार ५ अंकले बढेको नेप्से बिहीबार ४ अंकले बढ्यो

बिहीबार , पुस १८ २०८१
पर्ख र हेरकै सोचमा लगानीकर्ता, बुधबार ५ अंकले बढेको नेप्से बिहीबार ४ अंकले बढ्यो

काठमाडौं- उतारचढावबीच ओरालोतिर नै लागिरहेको सेयर बजार बुधबार र बिहीबारको कारोबारमा सामान्य वृद्धितर्फ लागेको छ।   

यो साता पहिलो कारोबारमा आइतबार २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा झरेको बजार सोमबार बन्द रहेको थियो। मंगलबार ३३.०८ अंकले घटेर २५७६ बिन्दुमा आइपुगेको बजार बुधबार ५.१० अंकले बढेको थियो।

साताको अन्तिम दिनको कारोबारमा बिहीबार ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा पुगेको छ। ४ अर्ब ६० करोड ३२ लाख रुपैयाँको कारोबार भएको बजारमा १५६ कम्पनीको सेयर मूल्य बढेको छ। ७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लगानीकर्ता विश्वस्त देखिन नसक्दा अपेक्षाकृत उचाइतर्फ लाग्न सकेको छैन। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको विश्लेषकहरू बताउँछन्।  

अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन। पुस महिनामा पनि बजार उतारचढावकै अवस्थामा देखिएको छ। 


प्रकाशित : बिहीबार , पुस १८ २०८११५:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend