काठमाडौं- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। सोमबार ९३ हजार ५ सय रुपैयाँ प्रतितोला कारोबार भएको छापावाल सु्नको मूल्य मंगलबारका लागि ९४ हजार रुपैयाँ तोकिएको छ।
यता चाँदीको मूल्य भने घटेको छ। सोमबारको तुलनामा मंगलबार चाँदी तोलामा १५ रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदी प्रतितोला १३ सय रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।