शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द

images
बिजनेस न्युज
images
बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द

आयोजना प्रमुख जगत प्रजापतिले यही माघ २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म यातायात सेवा बन्द गरेर विस्तार र निर्माणको काम गर्न समयतालिका तय गरिएको जानकारी दिए।

images
images

म्याग्दी- स्तरोन्नतिका कारण बेनी-जोमसोम सडकको म्याग्दी खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुन थालेको छ।

images
images
images

राष्ट्रिय गौरवको उत्तर/दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिर र वडा नं २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न थालिएको छ। सडकमा यातायात सञ्चालन हुने समयतालिका लागू भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका र मुस्ताङका बासिन्दा, तीर्थयात्री, पर्यटक र व्यवसायी प्रभावित भएका छन्। 

images

आयोजना प्रमुख जगत प्रजापतिले यही माघ २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ देखि ४ बजेसम्म यातायात सेवा बन्द गरेर विस्तार र निर्माणको काम गर्न समयतालिका तय गरिएको जानकारी दिए। 'महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा विस्तार एवम् स्तरोन्नतिका लागि समय तालिका बनाएका छौँ,' उनले भने 'दुर्घटनाको जोखिम न्यूनीकरण र निर्माणको कामलाई व्यवस्थित तथा तीव्र बनाउन यातायात सञ्चालनको समयतालिका बनाउनुपरेको हो।'

images

विसं २०७४ मा सुरु भएको चीनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दूरीको बेनी-जोमसोम-कोरला सडक आयोजनाको १२ खण्डमा हाल निर्माण भइरहेको छ। हालसम्म मुस्ताङको ६ खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत छ। महभिर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्र गर्न शर्मा-युनाइटेड जेभीले ठेक्का लिएको थियो। 

images
images

मजदूर एक्साभेटरलगायत उपकरण परिचालन गरेर सडक निर्माण र स्तरोन्नतिलाई तीव्रता दिइएको कम्पनीका प्रतिनिधिले बताएका छन्।

उन्नाइस किलोमिटर दूरीको म्याग्दीको गलेश्वर-नारच्याङ खण्डको गलेश्वर र राहुघाटदेखि बेगखोलासम्मको ६ किलोमिटर सडकमा गत जेठमा डिबिएसडी प्रविधिको कालोपत्र सुरु भएको थियो। बेगखोलादेखि नारच्याङ पुलसम्मको  अधिकांश भागमा पनि विस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ। आगामी चैत महिनाभित्र कालोपत्र गर्ने तयारीसहित कतिपय ठाउँमा सब बेस राखिएको छ। रासस

images

प्रकाशित : सोमबार, माघ १० २०७८०१:५९
प्रतिक्रिया दिनुहोस