शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

नागढुंगा-नौबिसे-मुग्लिन सडकमा मन्त्री दाहालको ताकेता, नतिजा देखिनेगरी काम गर्न निर्देशन

images
बुधबार, पुस १७ २०८१
images
images
नागढुंगा-नौबिसे-मुग्लिन सडकमा मन्त्री दाहालको ताकेता, नतिजा देखिनेगरी काम गर्न निर्देशन

निर्माण कम्पनीका प्रतिनिधिहरुले अब मासिक लक्ष्य निर्धारण गरी लक्ष्य प्राप्ति हुने ढंगबाट काम गर्ने प्रतिबद्धता जनाएका छन्।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दहालले नागढुंगा-नौबिसे-मुग्लिन सडक निर्माणमा नतिजा देखिनेगरी काम गर्न निर्देशन दिएका छन्।

images
images
images

निर्माणाधीन सडकको बुधबार स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयहरुलाई उनले निर्देशन दिएका हुन्। निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय र नेतृत्व गरि समाधान गर्ने भन्दै उनले अझै पनि निर्माण कार्यलाई सुस्त पारिए सह्य नहुने चेतावनीसमेत दिए।

images
images

नागढुंगा-नौबिसे-मुग्लिन, नौबिसे-मलेखु तथा मलेखु-मुग्लिन खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनको रुपमा रहेको सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएका हुन्।

images
images
images

निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमितरुपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवम् आयोजना प्रमुखहरुलाई निर्देशन दिए। कुनै पनि बहाना र कारणले निर्माणमा ढिलासुस्ती नगर्न भन्दै उनले कामको परिणाम देखिने गरी निर्माणमा द्रुतता दिन आग्रह गरे।

nagdhunag - naubise - muglin sadak.jpeg

यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको बताए।

मन्त्री दाहाल एवम् मन्त्रालयका अधिकारीहरुसँग निर्माण कम्पनीका प्रतिनिधिहरुले यसअघि निर्माण सामाग्री जुटाउन देखिएको समस्या मन्त्रीकै अग्रसरतामा भएको पहलपछि समाधान भएको बताएका थिए। उनीहरुले अब मासिक लक्ष्य निर्धारण गरी लक्ष्य प्राप्ति हुने ढंगबाट काम गर्ने प्रतिबद्धता जनाए।

कार्यभार सम्हालेपछि यसअघि समेत मन्त्री दाहालले यस सडकखण्डको निरीक्षण गरी कामलाई तीव्र बनाउन निर्देशन दिएका थिए। मन्त्रीको निर्देशन र निरीक्षण पछि यी सडकखण्डहरुमा कामले गति लिएको छ। कामलाई थप तीव्र बनाउन ताकेताका लागि मन्त्री निरीक्षणका लागि पुगेका हुन्।


प्रकाशित : बुधबार, पुस १७ २०८११४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend