शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंक कपन शाखाद्वारा कपन क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

images
बुधबार, पुस १७ २०८१
images
images
माछापुच्छ्रे क्यापिटल र माछापुच्छ्रे बैंक कपन शाखाद्वारा कपन क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम

माछापुच्छ्रे क्यापिटल तथा माछापुच्छ्रे बैंकको कपन शाखाले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ।

images
images

काठमाडौं- माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाको संयुक्त आयोजनामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१० स्थित कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ।

images
images
images

बैंकले युवा विद्यार्थीहरुमा लगानीसम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले कपन क्याम्पसको स्नातक तहमा अध्यनरत विद्यार्थीहरुका साथै क्यामपसका कर्मचारीहरु तथा शिक्षक वर्गलाई लगानी तथा वित्तीय जनचेतनासम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको हो।

images
images

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो।

images
images
images

पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : बुधबार, पुस १७ २०८१११:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend