शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

images
बुधबार, पुस १७ २०८१
images
images
ग्रामीण सडक विस्तारबाट कृषि उपजको बजारीकरण सहज

सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ। यो सडकबाट खोटाङ हुँदै काठमाडौं पुगिन्छ।

images
images

भोजपुर- ग्रामीण भेगसम्म सडक विस्तार भएपछि स्थानीय उत्पादनको बजारीकरण सहज भएको छ। ग्रामीण भेग सडक सञ्जालबाट जोडिएपछि कृषि उपज बेचेर यहाँका किसान आर्थिक रुपमा पनि सक्षम बनेका छन्।  

images
images
images

सदरमुकामको देउराली चोकबाट चखेवाभञ्याङसम्मको ४२ किलोमिटर सडक कालोपत्र भएको छ। यो सडकबाट खोटाङ हुँदै काठमाडौं पुगिन्छ। स्थानीय बजारमा नबिकेका उत्पादन काठमाडौंलगायत सहरमा बिक्री हुने गरेको छ।   

images
images

यहाँ उत्पादन भएका कृषिउपज किसानले काठमाडौंबाहेक पूर्वी भेगका धरान, विराटनगरलगायत सहरमा पनि बेच्दै आएका छन्। केही व्यापारी धान-मकै किन्न घरखेतमा नै पुग्ने गरेको टेम्केमैयुङ-५ का किसान सन्तोष विष्टले बताए।

images
images
images

यसैबीच, जिल्लाको पूर्वी क्षेत्रबाट तराईका जिल्लासँग जोड्ने भोजपुर र धनकुटाको सीमामा रहेको अरुण नदीमा पक्की पुल बनेपछि स्थानीयलाई आवतजावतमा सहजतासँगै यहाँका उत्पादनको बजारीकरण पनि सहज भएको छ। 

एसियाली विकास बैंकको ऋण सहयोगमा भोजपुर-लेगुवा ६६ किलोमिटर सडक कालोपत्र भएको छ। भोजपुरको लेगुवाबाट धनकुटा हुँदै धरान जोड्ने यो सडकमा नियमित रूपमा सार्वजनिक सवारीका साधन सञ्चालन भएपछि व्यापारीलाई पनि उद्यम गर्न सजिलो भएको छ। रासस


प्रकाशित : बुधबार, पुस १७ २०८११०:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend