शुक्रबार, जेठ ४ गते २०८१    
images
images

झोलुङ्गे पुलसँग जोडिएको विकासको आश

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २७ २०७८
images
images
झोलुङ्गे पुलसँग जोडिएको विकासको आश

पुल भए १० मिनेटमा हिँडेरै वडा कार्यालय पुग्नसक्ने पोखरा महानगरपालिकाभित्रै वडा नं ३२ तल्लो गगनगौँडाका बासिन्दा अहिले एक घण्टा हिँड्नुपर्ने बाध्यतामा छन्।

images
images

पोखरा- पुल भए १० मिनेटमा हिँडेरै वडा कार्यालय पुग्नसक्ने पोखरा महानगरपालिकाभित्रै वडा नं ३२ तल्लो गगनगौँडाका बासिन्दा अहिले एक घण्टा हिँड्नुपर्ने बाध्यतामा छन्।
 
लामो समयदेखि चर्चामा रहेर पनि बन्न नसकेको तल्लो गगनडौडाको बाह्रसय चौतारा क्षेत्रको नवीन टोलबाट मालमूल फाँटको स्यालतहरा जोड्ने झोलुङ्गे पुल निर्माणका लागि गत वर्ष विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएपछि अब भन्ने बन्ने आश जगाएको छ। 

images
images
images

यस क्षेत्रका लागि वडा कार्यालय जोड्नका लागि झेलुङ्गे पुल अपरिहार्य भएका अवस्थामा यस वर्षदेखि काम सुरु हुन्छ भन्ने कुराले आफूहरूलाई हर्षित बनाएको नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले बताए।
 
‘तल्लो गगनगौँडा क्षेत्रका बासिन्दा पुलको अभावमा वडा कार्यालयसम्म आधा घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यतामा छन्’ उनले भने, ‘पुल निर्माण सम्पन्न भएमा बाटो छोटिएर १० मिनेटमा पुग्न सकिनेछ।’ कृषिजन्य उत्पादनमा तल्लो गगनगौडा, राजाचौतारा, मालमुल, देउराली आदि स्थान अब्बल मान्निछन्। 

images

तरकारीका साथै तेलहनको राम्रो उत्पादन हुने यस स्थानमा पुल बन्न सकेमा उत्पादित बस्तुको बिक्रीवितरणका लागि बजारसँग सहज पहुँच बढाउन सकिन्छ। तल्लो गगनगौँडा हुँदै पोखरा–काठमाडौँ जोड्ने पृथ्वीराजमार्ग गएको हुँदा पनि यस क्षेत्रका कृषिजन्य उत्पादनको सहज बजारीकरणका लागि पुल अपरिहार्य भएको स्थानीय युवा नवराज घिमिरेले बताए।
 
पुल निर्माणस्थल रहेको क्षेत्र स्यालतहरामा गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयले पनि आफ्ना शैक्षिक कार्यक्रम सुरु गर्न लागेका अवस्थामा गगनगौँडा क्षेत्रबाट अध्ययनका लागि जाने विद्यार्थीका लागि पनि पुल अपरिहार्य भएको उनको भनाइ छ। 

images
images

‘गण्डकी विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीका साथै वडाका विभिन्न काम लिएर आउने सर्वसाधारणलाई लक्षित गरी यथासक्य पुल निर्माणको कार्य अघि बढाउनुपर्ने देखिन्छ’, उनले भने, ‘सङ्घीयताको मर्म र भावनाअनुरुप सेवाग्राहीलाई नजिकबाट सेवा प्रवाह गर्ने सरकारको लक्ष्यलाई साकार पार्न पनि पुलको निर्माणकार्य अविलम्ब सञ्चालन गर्नुपर्ने आवश्यकता छ।’ 
 
तल्लो गगनगौँडाको लामे आहाल क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदेश क्षेत्रीय बसपार्कका साथै भरतपोखरीको पुडिटारमा निर्माण गर्ने भनिएको प्रदेश औद्योगिक क्षेत्रसँग राजाचौतारा, मालमूल, बडहरे, सातमुहाने, डाँडा गाउँ, ढोडबेँसी, देउरालीलगायत स्थानको सिधा र सहज सम्पर्कका लागि पनि यहाँ झोलुङ्गे पुल अपरिहार्य ठानिएको छ। तल्लो गगनगौँडाबाट वडा कार्यालय जोड्ने गरी निर्माण गर्न लागिएको झोलुङ्गे पुल यस क्षेत्रको समृद्धि र विकासका लागि महत्वपूर्ण बन्ने पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिए।
 
विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार कूल २९० मिटर लम्बाइमा यो पुल बन्न लागेको उनले जानकारी दिए। गण्डकी विश्वविद्यलायको पठनपाठ सुरु हुने तयारी भइसकेको र तल्लो गगनगौँडा र आसपासका क्षेत्रबाट वडा कार्यलयसँगको पहुँच सहज बनाउनका लागि पनि पुल निर्माण कार्यलाई चाँडो अघि बढाउनुपर्ने देखिएको उनले बताए। रासस

images
images


प्रकाशित : आइतबार, भदौ २७ २०७८०८:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend