बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस १६ २०८१
images
images
पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
images
images

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाउँदा हवाई इन्धनको मूल्य भने घटाएको छ।

images
images
images

इण्डियन आयल कर्पोरेननले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले मूल्य समायोजन गरेको हो।

images
images

निगमका अनुसार पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढेको हो। नयाँ मूल्यअनुसार अब उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ पुगेको छ।

images
images
images

यस्तै डिजेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ कायम भएको छ। निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँले घटाएर प्रतिलिटर १ सय २६ रुपैयाँ कायम गरेको छ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ (काठमाडौंका लागि) प्रतिकिलोलिटर १५ डलरका दरले घटाएको निगमले जनाएको छ। नयाँ मूल्य मंगलबार राति १२ बजेपछि लागु हुनेछ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ।


प्रकाशित : मंगलबार, पुस १६ २०८१२०:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend