आइतबार, फागुन ४ गते २०८१     १८ : ३७ : ४७
आइतबार, फागुन ४ २०८१
images
images

विमानस्थल पूर्वाधार विकास तथा यात्रु सेवा सुविधामा केन्द्रित प्राधिकरण

हवाई यात्रुको चापसँगै पूर्वाधार सुधार र हवाई सुरक्षाको सुधारमा लागिपरेको छु : महानिर्देशक अधिकारी

images
मंगलबार, पुस १६ २०८१
images
images
विमानस्थल पूर्वाधार विकास तथा यात्रु सेवा सुविधामा केन्द्रित प्राधिकरण

त्रिभुवन विमानस्थलमा यसै वर्ष कार्तिक २३ गतेदेखि विमानस्थलको रात्रिकालीन अपरेशन आवर कम गरी निर्माण कार्यसमेत सुरु भएको छ।

images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्वाधार निर्माण र सुधारतर्फ व्यापक काम गरेको जनाएको छ। प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले प्राधिकरणको २६औँ वार्षिकोत्सव कार्यक्रममा कार्यप्रगति विवरण पेस गर्दै पूर्वाधारमा निर्माण र हवाई सुरक्षामा विशेष ध्यान दिएको बताए।

images
images
images

सन् २०२३ को नोभेम्बरसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या ४१ लाख ५४ लाख ३९३ रहेकोमा सन् २०२४ को नोभेम्बरसम्म अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या कुल ४४ लाख ४९ हजार १३३ पुगेको समेत उनले जानकारी दिए।

images
images

गत वर्षको सोही अवधिको तुलनामा यात्रुको संख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको छ। हवाई यात्रुको संख्या बढ्दै गएकाले प्राधिकरणले पनि पूर्वाधार निर्माण र सुधारमा ध्यान दिएको महानिर्देशक अधिकारीले बताए।

images
images
images

त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०२३ को नोभेम्बरसम्म कुल ७७ लाख हवाई यात्रुहरुले यात्रा गरेकोमा सन् २०२४ को नोभेम्बरसम्म सो संख्या ८७ लाख ६० हजार ३०२ रहेको छ। तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रु संख्यामा करिब १३ प्रतिशतले वृद्धि भएको देखिन्छ।

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इण्डियामा मर्ज भएपश्चात् यो संख्या २८ भएको छ। नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको छ।

आन्तरिकतर्फ भने सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरुको संख्या १९ रहेको छ। कुल ५५ वटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरु आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएका छन्।

विमानस्थल पूर्वाधार विकास तथा यात्रु सेवासुविधा विस्तारतर्फ प्राधिकरण

आईकाओ कोड ४ डीअन्तर्गत २५०० मिटरको धावनमार्ग, ट्याक्सी वे, एप्रोन, आइसोलेटेड पार्किङ एप्रोन एवम् एक्सिस रोड  तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन, ह्याङ्गर, प्रशासनिक भवन एवम् कन्ट्रोल टावरलगायत सम्पूर्ण १४ वटा भवन तथा संरचना निर्माण तथा इन्स्ट्रुमेन्ट ल्यान्डिङ पनि धेरै काम गरेको महानिर्देशक अधिकारीले बताए।

आईकाओ फोर डीअन्तर्गत ३००० मिटरको धावनमार्ग, ट्याक्सी वे, एप्रोन, अन्तर्राष्ट्रिय पार्किङ एप्रोन, अन्तर्राष्ट्रिय टर्मिनल भवन, प्रशासनिक भवन एवम् कन्ट्रोल टावरलगायत सम्पूर्ण भवन तथा संरचना निर्माण कार्य सम्पन्न भइसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपीको सवारी सहजीकरण गर्न विमानस्थलको वेबसाइट वा क्यूआर कोडमार्फत अनलाइनबाटै फर्म भरेर सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थानतर्फ व्यवस्थित यात्रु सहायता कक्ष स्थापना गरी टर्मिनल गेट, टिकट, उडानसम्बन्धी जानकारी तथा ह्वील चेयर सेवा प्राप्त गर्न सहायता कक्षको व्यवस्थाका साथै वृद्धवृद्धा, गर्भवती, बालबालिका, फरक क्षमता भएका यात्रुहरुलाई प्राथमिकता दिने व्यवस्था मिलाईएको छ। त्रिभुवन विमानस्थलको पार्किङसँगै पिकअप र ड्रपको निर्माण पनि सम्पन्न गरिएको छ।

तुम्लिङ्गटार, सुर्खेत र भरतपुर विमानस्थलमा एटीआर र ड्यासजस्ता वायुयानहरुबाट उडान सेवा सुरु भइ यात्रुहरु लाभान्वित भएक छन्। हवाई सुरक्षा सुदृढीकरणका लागि ८ थान मेटल डिटेक्टर तथा ३२ थान ह्ययान्ड हेल्ड मेटल डिटेक्टर खरिद गरी जडान गरिएको छ।

असार ७ गतेबाट भक्तपुरको नलिनचोकमा नवनिर्मित कुल १७ वटा हेलिकप्टर पार्किङ क्षमता भएको हेलिप्याडबाट हेलिकप्टरको अपरेशन सुरु गरिएको जसको कारण त्रिभुवन विमानस्थलको हवाई चाप कम हुन गइ जहाज होल्ड गर्नुपर्ने समस्यामा समेत कमी हुन आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजनाबमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम उपयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि गर्ने कार्यलाई प्राथमिकता दिइ क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान बिसान गर्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सी वेको निर्माण कार्य जारी रहेको छ।

त्रिभुवन विमानस्थलको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनका आवागमन क्षेत्रहरुलगायत विमानस्थलभित्रका विभिन्न स्थानमा अत्याधुनिक विद्युतीय उपकरणहरु सञ्चालनमा ल्याइएको छ। विमानस्थलको विभिन्न स्थानहरुमा १० थान एप्रोन मास जडान गरी सञ्चालनमा ल्याइएको छ।

विमानस्थलको रनवे २ तर्फको ३१५ मिटर लम्बाईमा एप्रोच बोर्ड तथा फायर एक्जिट निर्माण सम्पन्न भएको साथै ल्याण्डसाइड क्षेत्रमा करिब १४०० वर्गमिटर क्षेत्रफलमा पार्किङ क्षेत्र विस्तार गरिएको छ।

विमानस्थलमा यात्रु सेवा सुविधाका लागि थप ५०० थान ट्रली खरिद गरी ट्रलीको अभाव नहुने व्यवस्था मिलाइएको छ। २०८० माघ १० मा त्रिभुवन विमानस्थलको आन्तरिकतर्फ नवनिर्मित दुईवटा ब्यागेज कन्भेअर बेल्टसहित प्रतिघण्टा ४०० यात्रु क्षमताको आगमन कक्षको उद्घाटन गरि सञ्चालन गरिएको छ।

सर्वोच्च शिखर सगरमाथा प्रवेश बिन्दुका रुपमा चिनिएको तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा २०८१ बैशाख २१ गतेदेखि हेलिकप्टरमार्फत सिलिङ अपरेशनमार्फत पुर्‍याइ ब्यागेज स्क्रिनिङ मेसिन जडान गरी हवाई सुरक्षामा सुधार गरिएको छ।

त्रिभुवन विमानस्थलमा यसै वर्ष कार्तिक २३ गतेदेखि विमानस्थलको रात्रिकालीन अपरेशन आवर कम गरी निर्माण कार्यसमेत सुरु भएको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना आइकाओ कोड ४एफअन्तर्गत पूर्ण क्षमताको वैकल्पिक अन्तर्राष्ट्रियस्तरको विमानस्थलको गुरुयोजनासँगै फेज-१ को निर्माणका लागि डिटेल इन्जिनियरिङ डिजाइन कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ।


प्रकाशित : मंगलबार, पुस १६ २०८११३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend