शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

वैदेशिक रोजगार बचतपत्र करिब ११ प्रतिशतमात्रै बिक्री

images
मंगलबार, पुस १६ २०८१
images
images
वैदेशिक रोजगार बचतपत्र करिब ११ प्रतिशतमात्रै बिक्री

बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो। तर, यसको प्रचारप्रसारको अभाव, प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन।

images
images

काठमाडौं- सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको ‘वैदेशिक रोजगार बचतपत्र-२०८६ (क)’ को बिक्री निकै न्यून देखिएको छ।

images
images
images

गत मङ्सिर १२ गते जारी भएको ५० करोड रूपैयाँ बराबरको बचतपत्र आइतबार बिक्री बन्द भएको हो। यो बचतपत्र करिब ११ प्रतिशत मात्रै बिक्री भएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी मुकुन्द पोखरेलका अनुसार वैदेशिक रोजगार बचतपत्र पाँच करोड ४२ लाख रूपैयाँ बराबरको बिक्री भएको छ।

images
images

कार्यालयले जारी गरेको दुई अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचतपत्र-२०८६ (क) भने शतप्रतिशत बिक्री भएको छ। नागरिक बचतपत्रमा साढे सात र वैदेशिक रोजगार बचतपत्रमा साढे आठ प्रतिशत ब्याज तोकिएको छ। बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा सम्बन्धित खरिदकर्ताको बैंक खातामा सोझै भुक्तानी हुन्छ।

images
images
images

यस्ता बचतपत्रको ब्याजदर बैंकको मुद्दती निक्षेपभन्दा आकर्षक भए पनि यसको महत्व र फाइदाबारे धेरै नागरिकलाई जानकारी छैन।

लगानीका लागि धेरैले घरजग्गा, सुनचाँदी, पुँजीबजार, र मुद्दती निक्षेपजस्ता क्षेत्रलाई प्राथमिकता दिने गरेका छन्। जबकी लगानीका यी विकल्पभन्दा सहज, सुरक्षित र आकर्षक प्रतिफल मानिने सरकारी उपकरण ‘बचतपत्र’ को चर्चा न्यून हुने गरेको छ।

बचतपत्र लगानीका लागि उत्कृष्ट विकल्प हो। तर, यसको प्रचारप्रसारको अभाव, प्रक्रियागत जटिलता र दोस्रो बजारको सीमित जानकारीका कारण यो उपकरणप्रति लगानीकर्ता आकर्षित हुन सकेको देखिँदैन। रासस


प्रकाशित : मंगलबार, पुस १६ २०८११२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend