शनिबार, माघ ५ गते २०८१    
शनिबार, माघ ५ २०८१
images
images

पूर्व-पश्चिम राजमार्ग : दुर्घटना न्यूनीकरण गर्न भालुवा-नर्ती सडकमा ‘टाइम कार्ड’

images
सोमबार, पुस १५ २०८१
images
images
पूर्व-पश्चिम राजमार्ग : दुर्घटना न्यूनीकरण गर्न भालुवा-नर्ती सडकमा ‘टाइम कार्ड’

जिल्लामा पछिल्लो समय दुर्घटनाका जोखिम बढिरहेका छन्। प्रतिघण्टा ४० किलोमिटरको गतिमा चलाउने गरि टाइम कार्ड लागु गरिएको हो।

images
images

तुलसीपुर- दुर्घटना न्यूनीकरण गर्न पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुवाङ-नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ। 

images
images
images

आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइम कार्ड लागु भएको हो। जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले यस्तो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिको प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले बताए।

images

उनका अनुसार प्रतिघण्टा ४० किलोमिटरको गतिमा चलाउने गरि टाइम कार्ड लागु गरिएको हो।  जिल्लामा पछिल्लो समय दुर्घटनाका जोखिम बढिरहेका छन्।

images
images
images

साथै सोही सडकबीचमा पर्ने खाल्डाखुल्डी पुर्नेसमेत निर्णय भएको छ। रासस


प्रकाशित : सोमबार, पुस १५ २०८११२:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend