बुधबार, चैत २० गते २०८१    
बुधबार, चैत २० २०८१
images
images

मोटरसाइकल व्यापारमा मुरारका समूहको प्रवेश

images
सोमबार, माघ १० २०७८
images
images
मोटरसाइकल व्यापारमा मुरारका समूहको प्रवेश

नाइनबोट कम्पनीको केन्द्रीय कार्यालय चीनको बेइजिङमा रहेको छ। २०१५ को अप्रिलमा नाइनबोटको स्वामित्व सेगवे इंकले लिएको थियो।

images
images

काठमाडौं- व्यवसायी पशुपति मुरारका र ओलीज स्टोरका सञ्चालक लोकेश ओलीको संयुक्त कम्पनीले नयाँ विद्युतीय स्कुटर नेपाल ल्याएको छ। उनीहरूले साझेदारीमा चिनियाँ ब्रान्डको विद्युतीय स्कुटर ल्याएका हुन्। 

images
images

केही समयअघि नेपाल भित्रिएको विद्युतीय स्कुटर नाइनबोट ब्रान्डको हो। आयातकर्ता कम्पनीले केही दिनमा औपचारिक रूपमा ब्रान्ड सार्वजनिक गर्नेगरी तयारी गरिरहेको छ। नाइनबोट ब्रान्डको व्यवस्थापन, बिक्री लगायतको काम ओलिज स्टोरका सञ्चालक लोकेश ओलीले गर्नेछन्। 

images
images

विद्युतीय सवारीसाधनको माग बढ्न थालेकाले विभिन्न ब्रान्डका दुईपांग्रे, तीन पांग्रे तथा चारपांग्रे सवारी ब्रान्ड आयात बढ्न थालेको छ। लोकेश लामो समयदेखि विद्युतीय सवारीको प्रवर्द्धनमा लागिरहेका छन्। उनले नेपाल भित्रिएका वा विदेशमै गएरसमेत विद्युतीय सवारीको रिभ्यूसमेत गर्ने गरेका छन्। 

images
images

उनै लोकेशले व्यवसायी मुरारकासँगको साझेदारीमा अमेरिकी स्वामित्वमा रहेको चिनियाँ ब्रान्ड नाइनबोटको विद्युतीय स्कुटर ल्याएका हुन्। सुरुमा ३/४ वटा मोडलका विद्युतीय स्कुटर ल्याइएको छ। कम्पनीले सोरुम र सर्भिस सेन्टरको निर्माणसमेत गरिरहेको छ। 

नाइनबोटको पहिलो उत्पादन 'ए ७० सी' हो। यो स्कुटरमा ६० भी लिडएसिड ब्याट्री थियो जुन सेल्फ डेभवप्ड ब्याट्री म्यानेजमेन्ट सिस्टममा आधारित थियो। यो स्कुटरले एक पटकको फुल चार्जमा ७० किलोमिटर माइलेज दिन्छ। 

ninebot-n70c-5.jpg

त्यसपछि गत वर्षको मार्चमा नाइनबोटले चीनमा एन ९० एन १०० तथा एफ २५, ए ३० सी लगायत विभिन्न स्कुटर सार्वजनिक गरिसकेको छ। यी स्कुटर एन सिरिजमा आधारित हुन्। यसअघि भने कम्पनीले ई सिरिज र सी सिरिजका स्कुटर उत्पादन गरेको थियो। 

नाइनबोटका विद्युतीय स्कुटर रिलेगो २.० स्मार्ट प्रविधिमा आधारित छन्। नाइनबोटका विद्युतीय स्कुटर ८० भन्दा बढी देशमा बिक्री हुँदै आएको कम्पनीको दाबी छ। 

नाइनबोट कम्पनीको केन्द्रीय कार्यालय चीनको बेइजिङमा रहेको छ। २०१५ को अप्रिलमा नाइनबोटको स्वामित्व सेगवे इंकले लिएको थियो। नाइनबोट कम्पनी २०१२ मा स्थापना भएको थियो। 

सेगवे इंक अमेरिकी दुईपांग्रे सवारी उत्पादक कम्पनी हो। यसले विशेषगरि स्वनियन्त्रित व्यक्तिगत सवारी उत्पादन गर्दै आएको थियो। तर नाइनबोट कम्पनी खरिद गरेपछि भने यसले बजारको आवश्यकता र अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्ने स्कुटरलगायत उत्पादन गर्दै आएको छ। 

नाइनबोट ब्रान्डका विद्युतीय स्कटरको मूल्य ४ सय ५० डलरदेखि करिब ११ सय डलरसम्म रहेको छ। नेपालमा यो स्कुटरको मूल्य कति पर्छ भन्ने खुलेको छैन। यो कम्पनीका विद्युतीय स्कुटरले एक पटकको फुल चार्जमा ७० किलोमिटर १ सय ५ किलोमिटरसम्म माइलेज दिने छ।

मुरारका समूह चारपा‌ंग्रे सवारीको व्यवसायमा भने यसअघिदेखि नै रहेको छ। जसले एमजीका कार बिक्री गर्दै आएको छ। चीनमा उत्पादित एमजीका विद्युतीय कार नेपाली बजारमा लोकप्रिय रहेका छन्। 

विद्युतीय सवारीको बजार बिस्तार हुँदै गएकाले मुरारका समूह दुईपांग्रे विद्युतीय स्कुरटको बिक्रीमा साझेदारीसहित प्रवेश गरेको हो। 


प्रकाशित : सोमबार, माघ १० २०७८११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend