शनिबार, साउन १२ गते २०८१    
images
images
images

पदमुक्त भएका महानिर्देशक क्षेत्रीलाई मन्त्रालयले प्राधिकरण फर्काउन खोजेपछि कर्मचारीले लगाए ताला

images
सोमबार, माघ १० २०७८
images
images
पदमुक्त भएका महानिर्देशक क्षेत्रीलाई मन्त्रालयले प्राधिकरण फर्काउन खोजेपछि कर्मचारीले लगाए ताला
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उमेरहदका कारण पदमुक्त भएका महानिर्देशक राजकुमार क्षेत्रीलाई पुनः नयाँ नियुक्ति दिन खोजिएपछि विवाद भएको छ।

images
images

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्षेत्रीलाई नयाँ नियुक्ती दिन खोजेपछि कर्मचारी संगठनहरूले प्राधिकरण कार्यालयमा ताला लगाएका छन्।  

images

महानिर्देशक नियुक्तिको विषयलाई लिएर अहिले कर्मचारी संगठनहरू एकमत भएका छन्। उनीहरूले उमेरहदले पदमुक्त भएकाको ठाउँमा नयाँ महानिर्देशक नियुक्ति गर्न माग गर्दै आइरहेका छन्।

कार्यबाहक महानिर्देशक प्रेमनाथ ठाकुरले अहिले प्राधिकरणमा कर्मचारीहरूले महानिर्देशकको कार्यलयमा ताला लगाएको जानकारी दिए।

images

क्षेत्रीले आफू पदमा बाहल रहने समय नसकिएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन्। अन्तिम फैसला नआएसम्म आफूले महनिर्देशक हुनुपर्ने भन्दै मन्त्रालयमा दवाव दिएका थिए। उमेरहदका कारण क्षेत्री गत पुस २५ गते पदमुक्त भएका थिए। 

नेपालको समग्र उड्डयन क्षेत्रलाई दिशानिर्दिष्ट गर्ने भएकोले पनि नेतृत्वविहीन प्राधिकरण बनाउन नहुने संगठनले बताउँदै आएको छ। 

ठूलो धनराशी खर्च भएका र संचालनको सम्मुख रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थलहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल समयमा संचालनमा ल्याउनुपर्ने बेलामा महानिर्देशक पद खाली राख्नु गैरजिम्मेवार भएकोसमेत संगठनहरूले बताउँदै आएका छन्। 


प्रकाशित : सोमबार, माघ १० २०७८११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend