बुधबार, वैशाख १० गते २०८२    
बुधबार, वैशाख १० २०८२
images
images

हुम्लामा लगातार हिमपात, सडक र हवाई सेवा प्रभावित

images
आइतबार, पुस १४ २०८१
images
हुम्लामा लगातार हिमपात, सडक र हवाई सेवा प्रभावित

चिसो बढेपछि बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन्। यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेको स्थानीय बताउँछन्।

images
images

हुम्ला- हुम्लामा पुस १२ गतेदेखि लगातार भारी हिमपात भएपछि उत्तरी भेगस्थित नाम्खा गाउँपालिकामा एक फिट हिउँ जमेको छ। लगातार तीन दिनसम्म हिमपात हुँदा सडक र हवाई सेवाका साथै दैनिक काम प्रभावित बनेको हो।

images
images
images

हिमपात भएपछि नाम्खामा एक फिटभन्दा बढी हिउँ जमेको गाउँपालिकाका पूर्वअध्यक्ष विष्णु लामाले फोनमार्फत जानकारी गराए। 'गाई झोपा र जुमागोठभित्रै छन् भने चौँरीगाई छाडा भएका छन्। एक गाउँबाट अर्को गाउँसम्म जान अप्ठारो भएको छ, सदरमुकाम सिमकोटबाट सामान ढुवानी गर्न पनि कठिनाइ भइरहेको छ', उनले भने।

images
images

सिमकोट हुने सबै हवाई सेवा बन्द भएको हवाई उड्डयन कार्यालयले जानकारी गराएको छ। चिसो बढेपछि विभिन्न ठाउँमा बुढापाका, बालबच्चाहरू आगो तापेर बस्न थालेका छन्।

images
images

यसवर्ष बिहान र बेलुका चिसो अत्यधिक बढेको स्थानीय बताउँछन्। रासस


प्रकाशित : आइतबार, पुस १४ २०८११६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend