शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पुन: ओरालोतिर सेयर बजार, २१ अंकले घट्यो, ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार

images
आइतबार, पुस १४ २०८१
images
images
पुन: ओरालोतिर सेयर बजार, २१ अंकले घट्यो, ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार
images
images

काठमाडौं- गएको साता पछिल्ला तीन कारोबारमा लगातार वृद्धितर्फ देखिएको सेयर बजार यो साता पहिलो कारोबारमा ओरालोतिर लागेको छ। लामो समयदेखि उतारचढाव हुँदै ओरालोतिर नै लागिरहेको बजारमा गएको साता लगातार हरियाली देखिएको हो। 

images
images
images

यो साता पहिलो कारोबारमा आइतबार २१.१२ अंकले घटेर २६०९.५८ बिन्दुमा झरेको छ। ५ अर्ब ४७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ। ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

गएको साता पहिलो कारोबारमा आइतबार बजार १३.५३ अंकले घटेको थियो। सोमबार २८.९१ अंकले बढेर बजार २६१२.२० बिन्दुमा उक्लिएको बजार मंगलबार पनि १४.११ अंकले बढेको थियो। बुधबार बन्द रहेको बजार बिहीबार पनि ४.१९ अंकले बढेको थियो। 

images
images
images

लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा लगानीकर्ता विश्वस्त देखिन नसक्दा ओरालो यात्रा नै बढेको देखिन्छ। बजारले वृद्धिको साथ पाउने अवस्था रहे पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उचाइ समात्न समय लागेको विश्लेषकहरू बताउँछन्।  

अहिले बजारको अवस्था यकिन आँकलन गर्न नसकिने भए पनि बजार वृद्धितर्फ लाग्न सबै कुरा सकारात्मक देखिएको विश्लेषकहरू बताउँछन्। २०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च बिन्दु ३१९९ लाई वृद्धितर्फ लागेर नै पार हुने अपेक्षा लामो समयदेखि थाँति भइरहेको छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा मंसिरमा पनि पूरा हुन सकेन। पुस महिनामा पनि बजार उतारचढावकै अवस्थामा छ। 


प्रकाशित : आइतबार, पुस १४ २०८११५:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend