शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

लम्सुवाघाटमा तीन करोड लागतमा झोलुंगे पुल निर्माण

images
आइतबार, पुस १४ २०८१
images
images
लम्सुवाघाटमा तीन करोड लागतमा झोलुंगे पुल निर्माण

प्राविधिक कारणले पक्की पुल निर्माण रोकिएपछि प्रदेश सरकारले स्थानीयको सहजताका लागि झोलुंगे पुल निर्माण गरेको हो।

images
images

भोजपुर- अरुण नदीको लम्सुवाघाटमा तीन पाङ्ग्रे सवारीसाधन गुड्न मिल्ने मापदण्डको झोलुंगे पुल निर्माण गरिएको छ। झोलुंगे पुल प्रायः मानिसको पैदल आवतजावत प्रयोजनका लागि निर्माण हुने भए पनि यहाँ भने मोटरसाइकल र तीन पाङ्ग्रे सवारी गुड्न मिल्ने गरी निर्माण गरिएको हो।

images
images
images

कोशी प्रदेशका पहाडी जिल्लामा तीन पाङ्ग्रे सवारी साधन पार गर्ने सक्ने मापदण्डमा निर्माण भएको यो पहिलो पुल भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ। पूर्वाधार विकास कार्यालयअन्तर्गत कोशी प्रदेश सरकारको तीन करोड दुई लाख रूपैयाँ लागतमा पुल निर्माण भएको हो।

images
images

लम्सुवाघाटमा संघीय सरकारको लगानीमा २०६४ सालबाट पक्की पुल निर्माण थालिएको थियो। करिब चार करोड रूपैयाँ लागतमा सातवटा पिलर राखेपछि नदी बीचमा ठूलो चट्टान भेटिएसँगै यहाँ पक्की पुल निर्माण रद्द गरिएको थियो। प्राविधिक कारणले पक्की पुल निर्माण रोकिएपछि प्रदेश सरकारले स्थानीयको सहजताका लागि झोलुंगे पुल निर्माण गरेको हो।

images
images
images

झोलुंगे पुल पाँच फुट चौडाइ र दुई सय तीन दशमलव ८ मिटर लम्बाइको रहेको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए। 'लम्सुवाघाटमा कुनै किसिमको पुल नहुँदा स्थानीयवासीको दैनिकी कष्टकर थियो', प्रमुख रेड्डीले भने, 'यहाँ पक्की पुल निर्माण ठेक्का रद्द भएपछि प्रदेश सरकारले झोलुंगे पुल निर्माण गरेको हो। पुल निर्माणपछि जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता हटेको छ।'

भोजपुरको षडानन्द नगरपालिका-६ कुमालटार र खाँदबारी नगरपालिका ९ जोड्ने यो स्थानमा पुल बनेपछि स्थानीयवासी, विद्यार्थीले काठको डुंगा तथा गाडीको ट्यूबको सहायताले नदी वारपार गर्नुपर्ने बाध्यता थियो। स्थानीयवासी हिउँदको समयमा काठको डुंगा तथा ट्युबको सहायताले नदी पार गरे पनि वर्षातको समयमा करिब तीनदेखि चार घण्टा घुमेर तुर्केघाट र सतिघाटबाट नदी तर्दै आएका थिए।

आधारभूत विद्यालय मात्र रहेको षडानन्द कुमालटारका विद्यार्थीलाई अरुण नदी पार गरेर माध्यमिक शिक्षा लिन सङ्खुवासभाका विद्यालय जान समस्या थियो। पुल बनेपछि विद्यार्थी करिब आधा घण्टामा विद्यालय पुग्ने वातावरण बनेको षडानन्द नगरपालिका-६ का वडाध्यक्ष सुमन विसुन्केले बताए।

पुल निर्माणले षडानन्द नगरपालिका-६, ७, ८, १०, ११ र १२ का स्थानीयलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष विसुन्केले जानकारी दिए। 'लम्सुवाघाटमा संघीय सरकारको बजेटमा पक्की पुल निर्माणका लागि २०६४ सालमा शिलान्यास भएर काम सुरु भएको थियो', वडाध्यक्ष विसुन्केले भने, 'पुल बन्छ भन्ने आशामा हाम्रो करिब १७ वर्ष बित्यो। अहिले त्यो पुलको ठेक्का रद्द भएको अवस्थामा यहाँ झोलुंगे पुल निर्माणले हामीलाई राहत मिलेको छ।'

नदीको बहावलाई ध्यानमा राखेर यहाँ ‘सस्पेन्सन एन’ डिजाइनमा पुल निर्माण गरिएको झोलुंगे पुल विषेशज्ञ तथा कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयका सिभिल इञ्जिनियर लाल झाले बताए। यो पुलको ५० वर्ष डिजाइन अवधि रहेको उनको भनाइ छ।

पुल निर्धारित समयमै निर्माण सम्पन्न भएको निर्माण कम्पनी अधिकारी अप्पर तामाकोशी मुकुल जेभीका प्रतिनिधि सुरेस कार्कीले बताए। विसं २०७९ पुस २६ मा सम्झौता भएको पुलको निर्माण अवधि २०८१ पुस २५ सम्म थियो। रासस


प्रकाशित : आइतबार, पुस १४ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend