मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

कर्जा नबढेपछि ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

आइतबार, पुस १४ २०८१
कर्जा नबढेपछि ७० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब ४० अर्ब अधिक लगानीयोग्य रकम रहेको छ। बैंकहरुको अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा आएको छ।

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले ७० अर्ब रूपैयाँ तरलता प्रशोचन गर्न लागेको छ। आइतबार २ बजेसम्म बैंक वित्तीय संस्थाहरुले बोलकबोलमा सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले उक्त तरलता २१ दिनका प्रशोचन गर्न लागेको हो। हाल बैंकिङ प्रणालीमा करिब ७ खर्ब ४० अर्ब अधिक लगानीयोग्य रकम रहेको छ। बैंकहरुको अन्तरबैंक ब्याजदर ३ प्रतिशतमा आएको छ।

बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ७८.९७ प्रतिशत रहेको छ। हाल बैंकहरुले ६६ खर्ब ५४ अर्ब रूपैयाँ निक्षेप संकलन गरेर ५३ खर्ब ४१ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन्।

अर्थतन्त्रले अपेक्षितरुपमा गति लिन नसक्दा बैंकिङ प्रणालीबाट कर्जाको माग बढ्न सकेको छैन। जसले गर्दा बैंकहरुमा अधिक तरलता रहनुका साथै ब्याजदर न्युनतम बिन्दुमा आएको छ। राष्ट्र बैंक निक्षेपको ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिनका लागि निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेर तरलता खिचिरहेको छ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत करिब १ खर्ब ५७ अर्ब रूपैयाँ उठाएको छ भने स्थायी निक्षेप सुविधामा बैंकहरुले करिब १ खर्ब निक्षेप जम्मा गरेका छन्।


प्रकाशित : आइतबार, पुस १४ २०८१११:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend